Sunday, September 30, 2012

उद्योग वाणिज्य संघ भवनमा शक्तिशाली बम फेला

१५ असोज, सल्यान । सल्यानको खलङ्गा- २ श्रीनगरमा रहेको उद्योग वाणिज्य
सङ्घको भवनमा शक्तिशाली बम फेला परेको छ । प्लास्टिकको बाल्टीमा राखिएको
अवस्थामा भवनको माथिल्लो तलाको ढोका अगाडि बम फेला परेको इलाका प्रहरी
कार्यालयले जनाएको छ । 'रेडआर्मी नेपाल'का राप्ती अञ्चल इन्चार्जले
सल्यानजिल्लाका सञ्चारमाध्यम तथा पत्रकारलाई फोनमार्फत बम राखेको जानकारी
गराएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Comments:

No comments:

Post a Comment