Sunday, September 30, 2012

स्कुलमै मोवाईल बोकेर जाने ३० जना विद्यार्थीको मोवाईल चैट

स्याङजा, असोज १५, पठन पाठनमा अवरोध पुग्ने गरी विद्यार्थीले मोबाईल
फोनको प्रयोग गर्न थालेपछि राम्दी पल्तिरको स्याङ्जा मालुङ्गामा रहेको
सार्वजनिक उच्च माध्यामिक विद्यालयले विद्यार्थीका साथमा रहेका मोबाईल
जफत गरेको छ। विद्यार्थीलाई पटक पटक विद्यालयमा मोबाईल फोन प्रयोग
नगर्न आग्रह गर्दा पनि नमानेपछि खानतलासी गरी ३० जना विदद्यार्थीका साथमा
रहेको मोबाईल फोन जफत गरिएको हो।
विद्यार्थीलाई आगामी दिनमा मोबाईल फोन प्रयोग नगर्न चेतावनी स्वरुप यस्तो
गरिएको विद्यालयले जनाएको छ।
'यसअघि पनि पटक पटक अनुरोध गरेका थियौँ तर सुधार भएन', प्राचार्य गोपाल
भट्टराईले भने 'अन्तिम पटक चेतावनी स्वरुप जफत गरेका हौँ।'
जफत गरिएका मोबाईल अभिभावकलाई नै जिम्मा लगाईने प्राचार्य भट्टराईले जानकारी दिए।
http://dainikpatrika.com/2012/10/01/3771

No comments:

Post a Comment