Monday, October 1, 2012

२५ हजार दङ्गाकारीले बौद्ध मन्दिर तथा घरमा आगो लगाए

१५ असोज, चटगाउँ (बङ्गलादेश) । फेसबुकमा इस्लामप्रति नकारात्मक भावना
फैलाउने फोटो हालेको आरोपमा बङ्गलादेशको दक्षिणपूर्वी भागमा हजारौँ
दङ्गाकारीले बौद्ध मन्दिर तथा घरमा आगो लगाएका छन् । अधिकारीहरूले करिब
२५ हजार दङ्गाकारीले रामु्नगर तथा नजिकका गाउँमा कम्तीमा पाँच बौद्ध
मन्दिर तथा घरहरूमा आगो लगाइएको संचारमाध्यमले जनाएकोछ।
दङ्गाकारीले उक्त क्षेत्रका एक बौद्ध युवकले फेसबुकमा कुरानप्रति
नकारात्मक भावना फैलाउने फोटो राखिदिएको आरोप लगाएको जिल्ला प्रशासक
जोइनुल बारीले बताएको छ । उनले दङ्गाकारीले शनिबार रातीदेखि आइतबार
बिहानसम्म बौद्ध धर्मावलम्बीको घरमा आगो लगाइदिएको र उनीहरूको मन्दिरलाई
क्षति पुर्याएको बताए । कम्तीमा १०० घर क्षतिग्रस्त भएको र हिंसा
नियन्त्रण गर्न सेना तथा सीमासुरक्षक बोलाउनु परेको उल्लेख भएको छ । उनले
हाल यस क्षेत्रमा सामुहिक भेलामाथि प्रतिबन्ध लगाइएको उल्लेख गरेका छन् ।
उक्त बौद्ध युवकले भने आफूले उक्त फोटो नहालेको र कसैले उक्तफोटोसँग
आफ्नो फेसबुकको ठेगाना जोडिदिएको बताए । यी युवकको आमा र परिवारलाई
प्रहरीले सुरक्षा दिएको छ । स्थानीय एक पत्रकारले ११ वटा मन्दिरमा आगो
लगाइएको र त्यसमा तीन सय वर्ष पुरानो मन्दिरहर पनि जलेको आफूले देखेको
बताए । दङ्गाकारीले मन्दिरबाट बुद्धको मूर्ति तथा मूल्यवान धनमाल लुटेको
ती पत्रकारले बताए ।
Comments:

No comments:

Post a Comment