Wednesday, June 19, 2013

अपडेट : हुम्लामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, ३ गम्भीर,२ सामान्य घाइते

५ असार, काठमाडौं । हुम्लाको तम्कोट फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना
भएको छ । हिल्साबाट सिमिकोटबाट उडेको हेलिकोप्टर मुचु गाविस- ६ को
तम्कोटमा अपराहृन दुर्घटना भएको हो । हेलिकोप्टरमा चालक दलका सदस्यसहित ५
जना थिए ।
उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ भने २ जना सामान्य घाइते भएका छन् ।
हेलिकोप्टरमा पाइलट डेभिड, गोमा एयरका कर्मचारीहरू गोविन्द लामा, प्रज्वल
भट्टरार्इ र देवी शेर्पा र हुम्ला टावरका कर्मचारी टेकबहादुर तापली
रहेकाछन् ।
सिमिकोटमा ४ बजेर २० मिनेटमा ल्याण्ड हुनु पर्ने हेलिकोप्टर नआएपछि खोजी
गर्दा दुर्घटना भएको भेटिएको स्रोतले बताएको छ । दुर्घटनामा के कति क्षति
भयो खुल्न सकेको छैन । उद्दारका लागि नेपालगञ्जबाट फिस्टेल एयरको अर्को
हेलिकोप्टर गएको छ भने प्रहरीको टोली पुग्दैछ । प्रहरीका अनुसार घटनास्थल
सदरमुकामबाट २ दिनको पैदलदुरीमा पर्छ ।source onlinekhabar.com

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete