Wednesday, June 19, 2013

भारतको गुप्तकाशीमा सयौं नेपाली तीर्थयात्री अलपत्र

भारतीयलाई हेलिकोप्टरबाट उद्धार, नेपालीलाई बेवास्ता
५ असार, काठमाडौं । चारधाम तीर्थयात्राका लागि भक्तपुरबाट हिँडेका सयौं
नेपाली तीर्थयात्रीहरु भारतको उत्तराखण्ड राज्य अन्तरगतको गुप्तकाशी
गाउँमा बाढीको चपेटामा अलपत्र परेका छन् । जेठ १७ गते भक्तपुरबाट ३ वटा
गाडीमा चारधाम यात्रामा हिँडेका नेपालीहरु केदारनाथको दर्शन गर्ने क्रममा
सो क्षेत्रमा बाढीको चपेटामा परेको तीर्थयात्रीका आफन्त दशरथ अर्यालले
अनलाइनखबरलाई बताउनुभयो ।
'बाढी आएपछि गाडीबाट ओर्लेर भागाभाग हुँदा को कहाँ पुग्यो पत्तो छैन,
हाम्री आमा र अरु धेरै नेपालीहरु गुप्तकाशी भन्ने ठाउँमा रहनुभएको
टेलीफेनबाट जानकारी आएको छ ।' अर्यालले भन्नुभयो, 'खानेकुरा केही नपाइने
महंगो ठाउँ रहेछ, साथमा भएको पैसा पनि सकियो रे,भिजेको लुगा फेर्ने उपाय
पनि छैन रे ।'
आफूहरुले यसबारे सरकारसँग कुरा गर्दा पक्रिया पुर्याउनुपर्ने र निवेदन
दिनुपर्ने भन्दै वेवास्ता गरिएको अर्यालले बताउनुभयो । 'भारतले आफ्ना
नागरिकलाई हेलिकोप्टरमा ओसारेको सुनियो, हाम्रा मान्छेका बारेका कसैले
केही पहल गरेन ।'- भक्तपुरको कौशलटार निवासी अर्यालले भन्नुभयो- 'तीनवटा
गाडीमा भक्तपुरको कौशलटार र गोठाटारबाट स्थानीयवासीहरु चारधाम निस्केका
हुन् । अहिले कौशलटार र गोठाटारका मानिस ब्याकुल भएका छौं ।'
नेपाली तीर्थयात्रीहरु अलपत्र परेको गुप्तकाशी भन्ने ठाउँ उत्तराखण्ड
राज्यको रुद्रप्रयाग जिल्लामा पर्दछ । यो क्षेत्र ४ हजार ३ सय २७ फिट
उचाइमा केदारखण्डमा रहेको

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete