Wednesday, June 19, 2013

कतारमा दुर्घटनामा ३ नेपालीको मृत्यु, १३ घाइते

दोहा (कतार), असार ६ - काम गरेर फर्कंदै गर्दा आफू चढेको गाडी नियन्त्रण
बाहिर गएर पल्टिएपछि कतारमा तीन जना नेपाली कामदारको मंगलबार साँझ ज्यान
गएको छ । १३ जना नेपाली घाइते भएका छन् । पाँचको अवस्था गम्भीर छ ।
कार्यस्थलबाट सनैयास्थित क्याम्पमा फर्कंदै गर्दा यहाँको सल्वारोडमा
माईक्रो भ्यानको टायर पड्किएपछि दुर्घटना भएको हो । भ्यानमा सवार अधिकांश
नेपाली नै थिए ।दुर्घटना स्थानीय समय अनुसार ४ ३० मा भएको हो ।
स्थानीय पेनिन्सुला दैनिकका अनुसार मृत्यु हुने नेपालीमा कृष्णराज वंशी,
पशपल धमाला र बृजनाथ पण्डित छन्। उनीहरुको पूरा ठेगाना खुलाइएको छैन् ।
मृत्यु हुनेहरुमा ३५ देखि ४० बर्षभत्रका छन् ।
नेपाली दुतावासले यो घटनाबारे जानकारी नपाएको बताएको छ । 'तीव्र गतिमा
आएको भ्यानको टायर पड्किएपछि नियन्त्रण बाहिर गाडी गयो । गाडीले सडकमा
राखिएको डिभाडर पनि ढाल्यो,' पत्रिकाले लेखेको छ, 'पर्खालमा गएर गाडी
ठोक्कियो ।'
घाइतेहरुलाई हमाद अस्पतालमा राखिएको छ । त्यसमध्ये ६ जनालाई डिस्चार्ज
गरिएको छ । गम्भीर घाइते हुनेमा इजिप्सीयन ड्राइभर पनि छन् ।
प्रकाशित मिति:२०७० असार ६ १२:२४

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete