Wednesday, June 19, 2013

केदारनाथ-बद्रीनाथ गएका ४ सय नेपाली सम्पर्कविहीन

नयाँदिल्ली, असार ६ - भारतको उत्तराखण्डस्थित केदारनाथ-बद्रीनाथ
तीर्थयात्रामा गएका करिब चार सयभन्दा बढी नेपाली अविरल वर्षा र निरन्तरको
बाढीपहिरोका कारण बीचबाटोमै सम्पर्कविहीन बनेका छन् ।
हरिद्वारबाट ३ सय किलोमिटर दूरीको केदारनाथ तथा बद्रीनाथ यात्रामा अक्षय
तृतीया (वैशाख ३०) यता यात्रुहरू जानेक्रम बढेकामा सातायताको निरन्तरको
वर्षाले सबै प्रकारका यातायात, विद्युत् र सूचना सम्पर्क विच्छेद भएको छ

'भारतीय र नेपालीसहित अनुमानित ६० हजार यात्रु अहिले यो रुटमा तीर्थाटन
गर्न गएका छन्,' हरिद्वारस्थित प्राचार्य डा. पदमप्रसाद सुवेदीले
कान्तिपुरसूग फोनमा भने, 'यिनको बिचल्लीको स्थितिबारे भारत सरकारको
ध्यानाकर्षण भएपछि मंगलबार हवाई उद्धारको काम थालिएको छ।'
सुवेदीका अनुसार भारतीय सेनाका २२ र उत्तराखण्ड सरकारका१४ विमानले
तीर्थयात्रुको केदारनाथ-बद्रीनाथबाट देहरादूनसम्म उद्धार गरिरहेको छ ।
सात हजार तीर्थ यात्रु देहरादून आइपुगेका छन् । तिनमा दस जनाजति नेपाली
छन् ।
'केदारनाथ- बद्रीनाथ गएका चार सयभन्दा बढी नेपाली सम्पर्कहीन छन्, फोन र
अरू सूचना सम्पर्क नभएको अवस्था छ,' उनले भने, 'मैले गत बिहीबारसम्म
सम्पर्क गरिराखेका नेपाली अहिले सम्पर्कहीन छन् ।' यो अवस्थाबारे
दिल्लीस्थित नेपाली दूतावासलाई पनि जानकारी गराइसकेको उनले बताए ।
दिल्लीस्थित दूतावासका कार्यवाहक राजदूत तीर्थराज वाग्लेका अनुसार
तीर्थयात्रु अलपत्र परेको अवस्थामा नेपाली वा गैरनेपाली नभनी उद्धार
गर्ने आश्वासन विदेश मन्त्रालयले दिइसकेको बताए । केही सहयोग गर्नुपरे
दूतावास तत्पर रहेको उनले जनाए ।
'उत्तराखण्डका यमुना र मन्दाकिनी नदीमा ठूलो बाढी आएको छ । रुद्रप्रयाग र
केदारनाथका बीचका दुई पुल भत्केको खबर आएको छ । त्यहाँ केही तीर्थयात्रु
बीच जंगलमा अडकिएको अवस्था छ,' हरिद्वारमा ४० वर्षदेखि बसोबास गर्दै आएका
गुल्मीका सुवेदीले भने, 'हामी हरिद्वारमा रहेका सबै नेपाली समिति, सहयोगी
निकायहरू उद्धार समन्वयका लागि तत्पर भएर बसेका छौं ।'

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete