Saturday, July 27, 2013

कुबेतबाट नेपाललाई ठूलो मात्रामा ‘फ्री भिसा’ कोटा,विदेश जाने महिलाको संख्या २७ हजार ७ सय

१३ साउन, काठमाण्डौं । कुबेतबाट नेपाली कामदारका लागि ठूलो मात्रामा
'फ्री भिसा' को रोजगारी कोटा आउने भएको छ । कुबेत सरकारले ठूला परियोजना
निर्माण गर्न लागेका र त्यसमा नेपाललाई पनि 'स्रोत मुलुक' का रुपमा
राखेपछि ठूलो मात्रामा कामदार फ्री भिसामा त्यसतर्फ जान पाउने भएका हुन्

कुवेतमा ठूलो मात्रामा फ्री भिसा आउन लागेको जानकारी कुबेतस्थित नेपाली
दूतावासले परारष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालय, वैदेशिक रोजगार
विभाग र नेपाली व्यवसायीलाई जानकारी गराइसकेको छ । दूतावासले गराएको
जानकारी अनुसार नै नेपाली व्यवसायी कुबेतको रोजगार अवस्था बुझेर स्वदेश
पनि फर्किसकेका छन् ।
विभागले पनि कुबेतको थप रोजगार कोटामा अस्वस्थ प्रतिस्पर्धा हुन नदिन
गृहकार्य सुरु गरेको छ । सरकारी अधिकारी र कुबेतको बजारीकरण गरेर
फर्किएका व्यवसाउयीका अनुसार ५० देखि ७५ हजार नेपाली कामदार त्यहाँ
रोजगारमा जान पाउने वातावरणको निर्माण भएको नयाँ पत्रिकामा खबर छ ।
विदेश जाने महिलाको संख्या २७ हजार ७ सय
श्रम स्वीकृति लिएर विदेश जाने महिलाको संख्या बर्सेनि बढ्दै छ ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक बर्ष २०६९/७० मा कामका लागि
विदेशिने महिलाको संख्या २७ हजार ७ सय १३ पुगेको छ । जबकि अघिल्लो आर्थिक
बर्ष २२ हजार ९ सय ५८ जना विदेश गएको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको
तुलनामा यो वर्ष वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पाँच हजारले बढी
हो ।
विभागका अनुसार यो आर्थिक वर्षमा विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक
रोजगारीमा जाने मुलुकमध्ये सबैभन्दा बढी संयुक्त अरब इमिरेट्समा सात हजार
६ सय ८७ पुगेका छन् । त्यस्तैसबैभन्दा कम जापानमा एक सय १६ पुगेका छन् ।
यसैगरीमलेसियामा सात हजार एक सय ६३, कुवेतमा पाँच हजार नौ सय ८२, कतारमा
आठ सय ९३, ओमनमा छ सय ४७, साउदी अरबमा ३ सय ६७, बहराइनमा २ सय ३६, दक्षिण
कोरियामा १सय ९० महिला वैदेशिक रोजगारीका लागि पुगेको गोरखापत्र दैनिकमा
खबर छ ।

No comments:

Post a Comment