काठमाडौं, श्रावण १६ - राजधानीमा नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा
बुधबारदेखि तीन दिनसम्म समस्या देखिने भएको छ ।
टेलिकमले बुधबार सूचना जारी गर्दै काठमाडौंका जीएसएम मोबाइलमा समस्या
देखिनसक्ने जनाएको छ । मोबाइलको संख्यात्मक विस्तार तथा गुणस्तरीय
सुधारका लागि नेटवर्क अपग्रेड गर्ने काम भइरहेकाले केही समयका लागि अवरोध
हुन सक्ने सूचनामा उल्लेख छ ।
'नेटवर्क अपग्रेडपछि भ्वाइस तथा डाटा सेवामा महत्त्वपूर्ण सुधार हुने'
टेलिकमको दाबी छ ।
टेलिकमका अनुसार बुधबार कोटेश्वर, महादेशवस्थान, मीनभवन, शंखमुल,
सुविधानगर र आसपासका क्षेत्रमा मोबाइलमा समस्या देखिन सक्छ । बिहीबार
एयरपोर्ट, सिनामंगल, तिलगंगा, तीनकुने, भीमसेनगोला र आसपासका क्षेत्र तथा
शुक्रबार नयाँ बानेश्वर, बुद्धनगर, थापागाउँ, मिलनचोक, बानेश्वर हाइट तथा
आसपासका क्षेत्रमा मोबाइल समस्या देखिन सक्छ ।
समस्या आए के गर्ने ?
नेपाल टेलिकमका अनुसार मोबाइलमा समस्या देखा परे स्वीच अफ गरि पुनः
मोबाइल अन गर्नुपर्दछ ।
No comments:
Post a Comment