Saturday, July 20, 2013

फ्री भिसामा म्यानपावरले लिने गरेको रकम नियन्त्रण गरिने

६ साउन, काठमाण्डौं । वैदेशिक रोजगारमा 'फ्री भिसा' मा म्यानपावर
कम्पनीले कामदारसँग लिने चर्को रकम नियन्त्रण गरिने छ । खाडी मुलुकका
प्रतिष्ठित कम्पनीले सम्पूर्ण खर्च बेहोर्ने गरी पठाएका फ्री भिसामा
म्यानपावर कम्पनीले रकम लिने गरेको गुनासो हटाउन नियन्त्रणका
कार्यक्रमगरिने भएको हो ।
म्यानपावर व्यवसायीले फ्री भिसामा प्रवर्द्धन शुल्कका नाममा ४० हजार
रुपैयाँसम्म लिने गरेको सरकारी अधिकारीहरुको भनाई छ । वैदेशिक रोजगार
विभागका निर्देशक दिवस आचार्यले प्रवर्द्धन शुल्क र हवाई टिकट नलाग्ने
कामदारको मागपत्रका लागि रकम असुली हुने गरेको गुनासो आउने गरेकाले
त्यसलाई नियन्त्रण गर्न लागिएको जानकारी दिए । 'रकम असुली गर्ने
म्यानपावर कम्पनीको पहिचान गर्न लागिएको छ,' उनले भने, 'कतार र साउदी
अरेबियाकोरोजगारमा यस्तो हुने गरेको गुनासो अब हटाइने छ ।'
कतारमा कामदार पठाउँदा म्यानपावर कम्पनीले हवाईटिकट र प्रशासनिक खर्चका
लागि २० हजार रुपैयाँ मात्र लिन पाउने प्रावधान उल्लंघन हुँदै आएको
सरकारी अधिकारी नै स्वीकार्छन । कतार र साउदी अरेवियाका कम्पनीले
कामदारका लागि प्रवर्द्धन शुल्क नलाग्ने भए पनि नेपाली व्यवसायीको
त्यस्ता कम्पनीसँग सिधा सम्पर्क नभएकाले एजेन्टमार्फत समझदारी गर्दा
समस्या उत्पन्न भएको विभागका निर्देशक आचार्यले बताएकोनयाँ पत्रिकामा खबर
छ ।

No comments:

Post a Comment