२७ साउन, काठमाडौं । आइतबार देशभर नाग अर्थात सर्पको पूजा गरी नागपञ्चमी
पर्व मनाईंदैछ । सर्प, बिच्छी लगायतका विषालु जीवले हानीनोक्सानी नगरोस्
भनेर यसरी नागपञ्चमीमा नागको पूजा गरिन्छ । तर पूजाआजा र सतर्क भैरहँदा
समेत कहिलेकाहीँ नाग अर्थात सर्पले टोक्न सक्छ। सर्पको टोकाईबाट कतिले
ज्यान समेत गुमाउने गरेकाछन् ।
सपंदंश नेपालको तराई क्षेत्रको प्रमुख स्वास्थ्य समस्या हो । विश्व
स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्षझण्डै २० हजार
व्यक्तिलाईसर्पले डसेकोमा एकहजार भन्दा बढीको ज्यान जाने गर्छ । तराईका
२६ जिल्ला सर्पदंशमा अति प्रभावित जिल्ला मानिन्छ । खासगरी चैतदेखि
कात्तिकसम्म सर्पदंशका घटना बढी हुन्छन् ।तराईमा गोमन र करेत तथा पहाडी
क्षेत्रमाहरेउ सर्पको बिगबिगी बढी हुने गरेको छ ।
सर्पदंश सम्बन्धी जानकार डा. सूर्य पराजुलीका अनुसार सर्पले टोक्दा निम्न
लक्षण देखिन्छन् :
· सर्पको टोकाईमा अत्यन्तै डराउँदा हृदयघात भई मर्न सक्ने ।
· श्वासप्रश्वासको गति बढ्ने ।
· हातखुट्टा झम्झाउने ।
· मुटुको धड्कन कम हुँदै जाने ।
· रिङ्गटा लाग्ने ।
· छटपटी बढ्ने, अचेत हुने ।
· डसेको भाग सुन्निने ।
· डसेको ठाउँमा विषदन्तको चिन्ह (ang marks) देखिने ।
· डसेको भाग दुख्ने ।
· घाउ तथा रगत बग्ने ।
· नीलडाम हुने वा फोका उठ्ने ।
· लिम्फ ग्रन्थी सुन्निने ।
· डसेको घाउमा संक्रमण हुने तथा घाउ पाक्ने ।
· वाकवाकी लाग्ने, बान्ता हुने, सिथिल तथा कमजोर हुने, पेटदुख्ने,
सम्पूर्ण शरीर दुख्ने, रिंगटा लाग्ने,
· न्यून रक्तचाप तथा बेहोस् हुने ।
· – विशेष गरी भाइपर डसाईमा,अत्याधिक रुपमा घाउबाट रगतबग्ने तथ पुराना
घाउबाट समेत रगत बग्न थाल्छ ।
डा. पराजुलीका अनुसार सर्पले डसेको व्यक्तिलाई निम्न कुरामा ध्यान दिनुपर्छ :
· चिन्तित तथा पीडित व्यक्तिलाई सान्त्वना दिने ।
· विरामीको गरगहना, फुकालिदिने, कुनै कस्सिएको लुगा लगाएकोछ भने सो
फुकालेर खुकुलो खालको लुगा प्रयोग गर्ने ।
· गोमन, करेत सर्पको डसाईमाप्रेसर इमोवीलाईजेसन पद्धतिकोप्रयोग गर्ने सो
भनेको टोकेको ठाउँ बरपर चाप दिने र अंग नहल्लाउने ।
· शरीरको भाग, हात खुट्टा आदिमा स्लिंग तथा स्पिलिन्ट प्रयोगगरी अचल
बनाउने ताकी मांशपेशी खुम्चने प्रक्रियाले विषको प्रसारचाँडो हुन नपाओस्
।
· कृत्रिम श्वासप्रश्वास विधि दक्ष प्राविधिकको सहयोगमा गराउने ।
· विरामीका विषका लक्षणहरु कम हुँदै नगएसम्म वा प्रतिविषकोप्रयोग सुरु
भइनसकेको अवस्थामा उक्त बेण्डेज खोल्नु हुँदैन ।
· प्रेसर बेण्डेज लगाउन नमिल्ने ठाउँ र हर्र्यो जातको सर्पले डसेकोठाउँमा
लोकल कम्प्रेशन प्याडको प्रयोग गर्ने ।
· बिरामीलाई नहल्लाइकन सर्पदंश उपचार केन्द्रमा लाने ।
सर्पको डसाइपछि के नगर्ने?
· घाउलाई ब्लेडले चिर्ने र धेरै रगत बगाउने गर्दा घाउ संक्रमित हुने
मात्र नभईअत्याधिक रक्तश्रावले विरामीको मृत्यु हुन सक्छ ।
· घाउबाट मुखले विष चुस्ने काम कहिल्यै नगर्ने ।
· धामी झाँक्रीको झारफुक तर्फ नलाग्ने ।
· घाउ बरपर डोरीले कस्सिने गरी बाँधे अंग नै मर्न सक्छ ।
· डाक्टरले नभनेसम्म केही खानु वा पिउनुहुँदैन ।
· कुनै शारीरिक हलचल हुने काम नगर्ने ।
· रक्सी सेवन नगर्ने ।
· प्रतिविष औषधि सुरु नगरेसम्म ब्याण्डेज नखोल्ने
· विद्युतीय झड्का दिने, बरफको प्रयोग गर्ने काम गरी ढिलाई नगर्ने ।
· घाउलाई अनावश्यकरुपमा नचलाउने ।
No comments:
Post a Comment