Thursday, September 12, 2013

रजिष्ट्रारका निर्देशक सहित ५ पक्राउ

काठमाडौ, भाद्र २७ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० लाख रुपैंया
घुस खाएको कम्पनी रजिष्ट्रार कार्यालयका निदेशक, एकजना चार्टर्ड
एकाउन्टेन्ट सहित ५ जनालाई पक्राउ गरेको छ ।
चितवन मेडिकल कलेजका सञ्चालकसँग घुस मागेको अभियोगमा निर्देशक लालवाबु
कवारी र भानु एसोसिएट्सका चाटर्ड एकाउन्टेण्ड भानु कणेल, परेका हुन् ।
उनीहरुसँगै शिव श्रेष्ठ, विन्दु शर्मा र आविद अलि पनि पक्राउ परेका छन् ।
५ जनालाई बुधवार पक्राउ गरिएको हो ।
कणेलको र्फमले मेडिकल कलेजको निरिक्षण प्रतिवेदन तयार पार्ने जिम्मेवारी
पाएको थियो । छानविनका क्रममा सिए कणेल र कवारीको मिलेमतोमा मेडिकल कलेज
सञ्चालकसँग घुस लिएको छानविनबाट खुलेको अख्तियारले जनाएको छ । भानुको
र्फमलाई कम्पनी रजिष्ट्रारको कार्यालयले परामर्शदाताको रुपमा नियुक्त
गरेको थियो ।
मापदण्ड नपुगेका र आर्थिक अवस्था खस्किएका कम्पनीको अवस्था राम्रो
देखाउनका लागि मिलेमतोमा प्रतिवेदन तयार पारेको हुनसक्ने अख्तियारको
आशंका छ । कम्पनी दर्ता, पूर्ण परिचालन र विस्तार लगायतका सेवाका लागि
व्यापारिक प्रतिष्ठानहरुको भीड लाग्ने भएकाले कम्पनी रजिष्ट्रारको
कार्यालय चलखेलका लागि आकर्षक कार्यालय मानिन्छ ।

No comments:

Post a Comment