१६ चैत, क्वालालम्पुर । मलेसियाको जोहर राज्यमा भएको घटना सामाजिक सञ्जाल
फेसबुक तथा अन्य माध्ययमा अनर्गल प्रचार गरेको भन्दै नेपाली दूतावास
मलेसियाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दूतावासले शुक्रवार विज्ञप्ति निकालेर फेसबुक तथा अन्य माध्ययममा राखिएका
भिडियो सत्य नभएकाले भ्रममा नपर्न आग्रह गरेको छ । दूतावासले सूचना तथा
सञ्चार प्रविधिको दुरुपयोग गरी आफ्नो निहित स्वार्थ पुरा गर्ने तथा नेपाल
एवं मलेशियावीच कायम सुमधुर सम्बन्धमा खलल नपुर्याउन र सम्बन्ध अझ दह्रो
बनाउनतर्फ सहयोग गर्न आग्रह गरेको छ ।
दूतावासले गत मार्च २४ तारिखमा भएको दुखद घटना उपर मलेसियन सरकारले
गम्भीरतापूर्वक छानविन गरिरहेको समेत जनाएको छ । उसले घटनामा परी घाइते
भएका एक जना मार्च २७ तारिखमा अस्पतालबाट हिस्चार्ज भइसकेको र अर्का एक
जना घाइतेको उपचार भइरहेको जनाएको छ ।
दूतावासको विज्ञप्ति पढ्नुहोस्
No comments:
Post a Comment