Wednesday, March 27, 2013

जोहरबारु घटनामा सरकारले दिएको जानकारीप्रति एमाओवादीको आशंका

उच्चस्तरीय टोली खटाउन माग
१४ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीले मलेशियामा भएको घटनाबारे
सरकारले जारी गरेको जानकारीप्रति आशंका गरेको छ । साथै उसले घटनाबारे
जानकार लिन उच्चस्तरीय टोली खटाउन माग गरेको छ ।
एमाओवादी विदेश विभाग प्रमुख राम कार्कीले बुधबार विज्ञप्ति जारी गरि
जोहरबारुमा नेपाली मजदुरमाथि भएको आक्रमणको भत्सना गरेको छ । आक्रमणको
सत्य तथ्य रजनधनको क्षतिको विवरण सार्वजनिक गर्न माग गर्दै विज्ञप्तिमा
भनिएको छ-'उक्त घटनामा नेपाल सरकारले जारी गरेको जानकारीप्रति आशंका
उब्जिएकाले घटनाबारे जानकारी लिन उच्चस्तरीय टोली खटाउन माग गर्दछ ।'
एमाओवादीले नेपाली मजदूरमाथि आक्रमण गडर्नेहरुलाई कारबाही गर्न
नेपालस्थित मलेशियन दूताबासबाट मलेशियाली सरकारसँग आग्रह गर्न र नेपाली
मजदूरमा सृजना भएको भय र आतंकपूर्ण वातावरण अन्त्यको पहल गर्न सरकारसँग
माग गरेको छ ।

No comments:

Post a Comment