तनहुँ, चैत १६ (नागरिक) - लागू औषध सेवन गरेको अवस्थामा प्रहरीले
नियन्त्रणमा लिएको युवक अस्पतालबाट भाग्ने क्रममा भीरबाट खसेर मृत्यु
भएको प्रहरीले बताए पनि हत्याको आरोप लगाउँदै अहिले आफन्तहरुले पृथ्वी
राजमार्ग अवरुद्ध गरिरहेका छन्। बिहीबार राति व्यास १, हाइस्कूलटारबाट
प्रहरीले नियन्त्रणमा लिएको पोखरी भञ्ज्याङ ४ का २२ वर्षीय सुजन तामाडको
मृत्यु भएको प्रहरीले जनाएको छ।
लागू औषध परीक्षण गर्न बिहीबार राती नै दमौली अस्पताल लगिएकोमा अस्पताल
परिसरबाटै भागेका उनी अस्पताल पछाडिको भीरबाट खसेका थिए। घाइते उनको
गण्डकी अस्प्ताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।
No comments:
Post a Comment