९ चैत, काठमाण्डौं । अस्वभाविक वित्तीय कारोबार र लेनदेन संकलन भन्दै
राष्ट्र बैंकले विभिन्न राजनीतिक दलका नेताका सम्पत्ति छानविन थालेको छ ।
सम्पत्ति छानविनमा अघिल्ला सरकारका मन्त्री र शीर्ष नेतासमेत तानिएका छन्
।
राष्ट्रबैंकअन्तर्गत वित्तीय जानकारी इकाइले सम्पत्ति शुद्धीकरण विभागको
समेत सहयोगमा छानविन अघि बढाइएको हो । इकाई स्रोतका अनुसार सम्पत्ति
छानविनमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमलदाहाल, नेताहरु अग्नि
सापकोटा, हिसिया यमी, हृदयेश त्रिपाठी, सुजाता कोइराला,
पूर्वसञ्चारमन्त्री राजकिशोर यादब, पूर्व उपप्रधान तथा गृहमन्त्री
विजयकुमार गच्छादार लगायतका नेताहरुको सम्पत्ति र वित्तीय कारोबारबारे
अनुसन्धान थालेको हो ।
इकाइले नेता र तिनका परिवारका सदस्यको बैंक खाता तथा अन्य सम्पत्तिको
जानकारी संकलन गरिरहेको छ । अघिल्ला सरकारमा सहभागी केही नेताको आर्थिक
लेनदेन अस्वाभाविक बढेपछि इकाइले अरु नेतामाथि पनि अनुसन्धान गरिरहेको
नागरिक दैनिकमा खबर छ ।
इकाईस्रोतका अनुसार अहिले अहिले करिब तीन दर्जन नेता छानविनमा परेका छन्
। नेतासँग नजिक व्यवसायी, कार्यकर्ताको पनि सम्पत्ति अनुसन्धानमा तानिएको
स्रोतले जनाएको छ ।
'नेता र तिनका परिवारको अस्वाभाविक वित्तीय कारोबार फेला पारेका छौं,'
इकाइस्रोतले भन्यो,'राजनीति बाहिरकाको मात्र अनुसन्धानमा सीमित नभई
नेताहरुले पनि सम्पत्ति छानबिन गर्न थालेका हौं ।'
No comments:
Post a Comment