Thursday, March 14, 2013

विश्व बैंकले नेपालका १० शहरमा लगानी गर्ने

२ चैत, काठमाण्डौं । मध्यपहाडी लोकमार्ग अन्तर्गत निर्माण गर्ने भिनएका
१० आधुनिक शहरमा लगानी गर्न विश्व बैंकले इच्छा व्यक्त गरेको छ । लगानीका
लागि विस्तृत अध्ययन गर्न बैंकले एक प्राविधिक टोली बैशाखमा नेपाल आउन
लागेको शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले जानकारी दिएको अभियान
दैनिकमा खबर छ । 'उक्त टोलीले अध्ययन गरेर विश्व बैंकको बोर्डमा
प्रतिवेदन बुझाउनेछ,' उनले भने, 'बैंकका उच्च अधिकारीहरु लगानीका लागि
सकारात्मक देखिएका छन् ।' यस विषयमा औपचारिक सहमति हुन भने बाँकी रहेको छ

बैकले आधुनिक शहरका लागि आवश्यक पर्ने ठूला पूर्वाधार निर्माणमा लगानी
गर्नेछ । 'आधारभूत पूर्वाधार भने सरकारी खर्चमा निर्माण गरिनेछ,' थापाले
भने, 'सबै शहरमा गुरुयोजना तयार गर्ने काम भइरहेको छ ।' सरकारले
प्रस्तावित सबै शहरमा जग्गा खरीद प्रक्रिया सुरु गरिसकेको छ । सार्वजनिक
रुपमा प्रयोग हुने कार्यालय तथा जग्गाका लागि जग्गा खरीद प्रक्रिया
थालिएको मन्त्रालयले जनाएको छ ।
खेलमैदान, खुलाक्षेत्र, अस्पताल, विद्यालय, सरकारी कार्यालय, पानी
प्रशोधन केन्द्र, ल्याण्डफिल साइडलगायतका पूर्वाधार निर्माणका लागि जग्गा
खरीद सुरु भईसकेको छ ।

No comments:

Post a Comment