नयाँ दिल्ली, चैत ९ (नागरिक) - भारतको नयाँ दिल्लीमा ६ जना नेपाली बालकको
उद्धार गरिएको छ । नेपाली जनसम्पर्क समिति र माइती इण्डियाको पहलमा
प्रलोभनया अन्य कारणले ल्याइएका उनीहरुको उद्धार गरिएको हो ।
उद्धार गरिएकाहरुमा पाल्पाका सन्दीप पाण्डे, काठमाडौंका राजु शर्मा,
चितवनका अमृत काफ्ले, सिन्धुलीका विकास थापा, बाराका मुन्ना अन्सारी र
धनुषाका दिपक छन्।
उनीहरुलाइ विभिन्न स्थानमा कामलगाइएको थियो। नेपाली जनसम्पर्क समितिका
भारतका अध्यक्ष बालकृण्ण पाण्डेका अनुसार उनीहरुलाई आजै आफन्तकहाँ
पठाइँदैछ।
खुल्ला सिमाना, गरिबी, पारिवारिक समस्यालगायतक कारणले सयौं बालबालिका
भारत आउने गरेका छन्। मानव तस्करहरुले समेत बालबालिकालाई भारत ल्याइरहेको
उनको भनाई छ।
No comments:
Post a Comment