Friday, April 19, 2013

भारतमा नेपाली युवती बलात्कार गर्ने अझै फरार

६ बैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीमा बुधबार राति एक नेपाली
युवतीमाथि सामुहिक बलात्कार गर्ने दोषी अझै पक्राउ परेका छैनन् ।
बलात्कारको आरोपमा पक्राउ परेका दुईजना निर्दोष पाइएका छन् । प्रारम्भिक
अनुसन्धानपछि उनीहरु निर्दोष पाइएको र दोषीको खोजी भैरहेको प्रहरीको भनाइ
उदृत गर्दै नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले बताए ।
घटनामा भारतीय नागरिक नै संलग्न रहेको हुनसक्ने आधारमा अनुसन्धान बढेको छ
। नेपाली युवतीमाथि बलात्कार भएपछि अस्पताल अगाडि नेपालीहरू भेला भएर
धर्ना दिइरहेका छन् । उनीहरूले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।
नयाँ दिल्लीस्थित सफ्दरजंग अस्पतालमा उपचार गराइरहेकी युवतीको बयानका
आधारमा अनुसन्धान भइरहेपनि घटना झनै रहस्यमय बनेको छ ।
सिन्धुपाल्चोक घर भएकी युवतीमाथि बुधबार राति साउथ एक्स्टेन्शन नजिकैबाट
अपहरणपछि बलात्कार भएको थियो । उनी बिहीबार बिहान नयाँ दिल्लीस्थित
नानकपुराको ˆलाइओभरमा भेटिएकी थिइन् ।
भारतमा बलात्कारको घटना बढेपछि त्यसविरुद्ध कडाकानुन बन्दैछ । गतवर्षको
अन्तमा एक युवती सामूहिक बलत्कार गरी मरणासन्न हुने गरी आक्रमणमा परेकी
थिइन् । उनको सिंगापुरमा उपचारको क्रममा मृत्यु भएपछि महिलामाथि हुने
हिंसाविरुद्ध आन्दोलन उठ्यो ।
दिल्ली महिलाका लागि असुरक्षित मानिन्छ । भारतका अन्य शहरहरूमा पनि
बलात्कारका घटना बढ्दो छ । नेपाली महिलाहरू समेत बलात्कार भएका छन् ।
गतवर्ष नेपाली विद्यार्थी भारतमा बलत्कृत भएकी थिइन् ।

No comments:

Post a Comment