Tuesday, April 2, 2013

भीषण आगलागीले सिंगो कडहरबा गाउँ नै सखाप

जितेन्द्रकुमार झा, राजविराज, चैत २० - सप्तरीको बकधुवा गाविस-कडहरबा
गाउँमा गए राति भीषण आगलागी भएको छ। आगालगीमा परि ४१ परिवार ७७ घर जलेर
सखाफ भएका छन् भने झण्डै आधा दर्जन पशु चौपायाको मरेका छन् । बकधुवा-३
स्थित रहेको कडहरबा मुसहर बाहुल्यता भएको बस्ती हो। आगालगीमा सबैजसो
मुसहरहरकै घर जलेका छन्। आगोबाट सिंगो मुसहर बस्तीनै सखाफ हुन पुगेको
प्रहरी चौकी महुलीले जनाएको छ।
आगालगी भएको ठाउँ सदरमुकाम राजविराजबाट झण्डै ४० किलोमिटर उत्तर पूर्वमा
पर्छ। मध्यरातमा स्थानीय बिजुली सदाको गाईगोठबाट आगो सल्किएको थियो। गाई
गोरुका लागि लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएको प्रहरीको भनाइ
छ।
छिमेकी खट्टर सरदारका बुबा लक्ष्मी सरदारको निधन भएको ९ वौं दिनका(नहकेश)
अवसरमा गरिएको भोज खाँदै गरेको बेला आगाली भएको स्थानीय प्रमोद सदाले
बताए। आगलागीमा परि खाद्यान्न, लत्ता कपडा लगायतका सरसमानहरु जलेर खरानी
भएको उनको भनाइ छ।
यता आज बिहान अग्नी पिडितहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरी, रेडक्रस,
महुली बजार व्यवस्थापन समिति, स्थानीय व्यापारीहरु लगायतकाले प्रारम्भिक
राहत वितरण गरेका छन्। आगलागीबाट झण्डै ८० लाख भन्दा बढिको क्षति भएको
प्रहरीको प्रारम्भिक अनुमान छ।
स्थानीय वासिन्दा, प्रहरी तथा लहान र राजविराज नगरपालिकाबाट गएको बारुण
यन्त्रको मद्दतबाट आगो नियन्त्रणमा लिइएको थियो ।

No comments:

Post a Comment