Thursday, April 25, 2013

दलालले आफैं फर्काउन थाले बेचिएका चेलीलाई

१३ वैशाख, नुवाकोट । प्रहरीले दलाललाई प्रक्राउ गरी मानव बेचबिखनविरुद्ध
मुद्दा चलाउन थालेपछि उनीहरु आफैले बेचेका चेलीहरु कोठीबाट गाउँमा
फिर्ताल्याउने गरेका छन् ।
चेलीबेटी बेचविखनको समस्याले सबैभन्दा बढी आक्रान्त बनेको नुवाकोट
जिल्लामा पछिल्लो समय प्रहरीको पञ्जामा धमाधम पर्न थालेपछि त्यसबाट उम्कन
आफूविरुद्ध लागेको मुद्दा झुटोप्रमाणित गर्न बेचिएका चेलीहरुलाई
दलालहरुले झिकाउने गरेका हुन् ।
मुद्दा चलेका दलालले हामीलाई बेचरेको होइन भनी बयान गराएर मुद्दालाई
कमजोर बनाउन दलालका आफन्तले भारतको कोठीमा सम्पकए गरी चेलीहरु नेपाल
फर्काउने गरेको नेपाल समाचारपत्रमा खबर छ ।
बेचबिखनमा संलग्न दलालहरुको सञ्जाल नै बनेको र एकअर्कालाई प्रहरीले
समात्दा उनीहरु मार्फत बेचिएका चेलीलाई झिकाउने गरिएको पाइएको छ ।
यसरी कोठीबाट फर्काइएका चेलीलाई विभिन्न प्रलोभनमा पारेर प्रहरी तथा
अदालत सामू 'मलाई उसले बेचेको होइन, उसको कुनै पनि संलग्नता छैन र
दोषीलाई म चिन्दिनँ,' जस्ता भनाईदलालहरुले राख्न लगाउने गरेकेाबेचबिखन
विरुद्ध क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

No comments:

Post a Comment