Sunday, April 21, 2013

राजनीतिक कार्यक्रममा भिड बटुल्न होचाहोची र उत्तेजक नाच

९ - चार वर्षसम्म संविधान, सुशासन र स्थिर सरकार दिन नसकेको अपजस
खेपिरहेका दलहरूले आफ्ना राजनीतिक कार्यक्रममा जनसाधारण बटुल्न नयाँ
तरिका अपनाउन थालेका छन्। पछिल्लो पटक दाङ एमालेले विश्वकै होचा वयस्क
चन्द्रबहादुर डाँगी, नेपालकीहोची महिला ईश्वरीमाया छिनालर लोकगायक बद्री
पंगेनीको नाम प्रचार गरी आइतबार लमहीमा ठूलो 'मास' उतार्यो। एमाले
क्षेत्र नम्बर १ ले गरेको आमसभामा पार्टीका वरिष्ठ नेता केपी शर्मा ओली,
होचा डाँगी, होची छिनाल र गायक पंगेनी आउने जानकारी गराउन देउखुरी
क्षेत्रमा दुई सातादेखि माइकिङ गरिएको थियो। प्रचारका लागि पार्टीले
सञ्चार माध्यममा विज्ञापन पनि प्रकाशन/प्रसारण गरेको थियो।
आइतबार आमसभाअघि पनि नेता ओलीसँगै डाँगी, छिनाल र पंगेनी आउने भन्दै
सहभागी आकर्षित गर्न खोजिएको थियो। कार्यक्रमका सहभागी सर्वसाधारणले
डाँगी र छिनालको गुनगान पनि गाए। उनीहरू नेताका भाषण सुन्नभन्दा डाँगी र
छिनाललाईहेर्न लालायित देखिए। झरीले समेत उनीहरुलाई विचलित बनाएन।
'निकै सानी रैछन्,' आमसभामा आएका एक वृद्धले छिनाललाई देखेपछि भने, 'यति
सानो पनि मान्छे हुँदा रैछन्।' आमसभामा डाँगी र पंगेनी भने आएनन्। तर
'आउँदै हुनुहुन्छ, नआत्तिनुहोला' भनेर आयोजकले सर्वसाधारणलाई लामो समय
पर्खाए। आमसभामा सहभागी छिनाललाई उचालेर दर्शकसामु देखाइएको थियो।
सहभागीले पनिउनलाई रुचिपूर्वक हेरे। देउखुरीकी बासिन्दा छिनाललाई स्टेजमा
नचाइएको पनि थियो।
जिल्लामा हुने महोत्सव, मेलामा खासै वास्ता नगरिने डाँगी र छिनाललाई
चुनावको चर्चासँगै राजनीतिक दलले भोटतान्ने 'औजार'का रूपमा प्रयोग गर्न
खोजेको यो घटनाले पुष्टि गर्छ। यसअघिसम्म डाँगी र छिनाल कुनै पनि
पार्टीको नजरमा परेका थिएनन्।
केपी ओली सहभागी हुने कार्यक्रममा होचाहोची र लोकगायक पंगेनी आउने भनेर
प्रचार गरेको एमालेले यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको
उपस्थितिमा तुलसीपुरमा गरेको कार्यक्रममा सर्वसाधारण बटुल्न नाचगानको
सहारा लिएको थियो। एमाले क्षेत्र नम्बर ४ ले तुलसीपुरमा २९ चैतमा गरेको
उक्त कार्यक्रममा प्रस्तुत उत्तेजक नाचले माहोल निकै तताएको थियो। छोटा
पहिरनमा युवतीहरूको नृत्यमा नेता नेपालसमेत टोलाएका थिए। कार्यक्रमको
रिपोर्टिङका लागि गएका पत्रकारलाई एमालेका कार्यकर्ताले उक्त नृत्यको
फोटो खिच्नसमेत दिएका थिएनन्।

No comments:

Post a Comment