Tuesday, April 23, 2013

प्रचण्डले भने-’कम्युनिष्ट कार्यकर्ता ठगैठग, भ्रष्टैभ्रष्ट’

१ बैशाख, काठमाण्डौ । राजनीतिमा देखिएको ठगी र दलाली प्रबृत्तिबाट
एमाओवादी अध्यक्ष प्रचण्डसमेत डराएका रहेछन भन्ने हालै एक गोप्य
कार्यक्रमका उनले गरेको सम्बोधनबाट पत्ता लागेको छ ।
खासगरि माओवादी कार्यकर्तामा बढ्दो कमाउ र ठेकेदारी प्रबृत्तिप्रति इंगित
गर्दै प्रचण्डले केही दिनअघि अनेरास्वबियुको प्रशिक्षण कार्यक्रममा भने-'
हामी त सवै ठगैठग हौं कि जस्तो लाग्दैछ । दुःख गर्ने, मिहिनेत गर्ने,
उत्पादन गर्ने त हिजोआज बुद्धि नभएको भनेर हेपिंदै गएका छन ।
ट्याक्कटुक्क पार्ने, नेताहरुको फेरो समातेर हाट्टहुट्ट गरी गोजी
भर्नेहरु टाठाबाठा र बुद्धिजिवी भनेर चिनिदै छन् ।' प्रचण्डले आफ्नै
कार्यकर्तालाई भने-'माओवादी कार्यकर्ता, कम्युनिष्ट पार्टीका सदस्यहरु त
ठगैठग, भ्रष्टैभ्रष्टहरुको जमात बन्दैछ । यस्तै हो भने जनताले हामीलाई
डोरी लाएर झुण्डाउँछन ।'
बुधबार प्रकाशित जनआस्था साप्ताहिकका अनुसार स्वबियु चुनावलाई लक्षित गरी
आयोजित प्रशिक्षणमा प्रचण्डले बिद्यार्थीलाई हौस्याँदै पैसा, सहयोग र
संयोजन पार्टीले गर्ने आश्वासन दिएका थिए । उनले स्वबियु चुनावलाई
मानिसहरुले जनमतसंग्रहको रुपमा हेरेको समेत बताएका थिए ।
राष्ट्रपतिले आँटै गर्न सकेनन
यसैवीच प्रचण्डले आफ्नै उपाध्यक्ष बाबुराम भट्टराईको भनाईलाई खण्डन
गर्नेगरी प्रशिक्षणमा अभिब्यक्ति दिएका छन । नारायणकाजी र बाबुरामलाई
छेउमा राखेर उनले आफुले राष्ट्रपतिले कहिले कु गर्लान भनेर कुरेको भएपनि
उनले आँटै गर्न नसकेको बताए ।
'राष्ट्रपतिले कु गर्लान भनेर कुर्दाकुर्दै आँटै गर्न सकेनन् । उनले
बुझेछन क्यारे 'कू' गर्‍यो भने त्यसको फाइदा माओवादीलाई पुग्छ भनेर ।'
प्रचण्डले प्रशिक्षणमा भने-'हामी हेर्दाहेर्दै थाक्यौँ, केही नलागेपछि लौ
त नी भनेर प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने एजेण्डा अगाडी
सार्‍यौं । केही गर्दा पनि सरकार छाड्न नसक्ने र सरकारमा बसेर पनि बदनाम
मात्र हुने अबस्था आएपछि त्यसो गर्नुपरेको हो ।' माओवादीलाई घिटिघिटि
हुनेगरी सरकारमा राख्ने र 'देख्यौ, केही गर्न सकेन' भनेर हल्ला गर्न
थालेपछि सरकार छाड्नु परेको प्रचण्डको प्रष्टीकरण थियो ।

No comments:

Post a Comment