Tuesday, April 16, 2013

बर्दियाको चेपाङ्गमा आगलागि, ९३ घर जलेर नष्ट

४ वैशाख, नेपालगन्ज । बर्दियाको चेपाङ्ग वस्तीमा गएराती भएको आगलागीबाट
९३ घर जलेर नष्ट भएका छन् । आगो राति १० बजेदेखि लागेको भेरी अञ्चल
प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मधुप्रसाद पुडासैनीले जानकारी
दिनुभयो ।
आगलागिबाट १ सय ५० परिवार प्रभावित भएको र उनीहरुलाई तत्काल राहत
सामाग्री उपलव्ध गराउनको लागि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी
मार्फत रेडक्रसलाईअनुरोध गरिएका पुडासैनीले जानकारी दिनुभयो । बर्दियाको
सदरमुकामदेखि विकटमा भएपनि सो ठाँउ नेपालगन्ज- सुर्खेत सडक खण्डमा पर्छ ।
सो ठाँउ बबई चिसापानीले परिचित छ ।
आगलागिको कारण खुल्न बाँकी रहेको र बाँके, बर्दिया, तथा सुर्खेतबाट गएको
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, दमकल र स्थानीयले आगो नियन्त्रणमा
लिएको पनि उहाँले जानकारी दिनुभयो ।
बाँकेमा ३७ घर जले
यसैगरी मंगलबार दिउसो नै बाँकेको राप्ती किनारको चौफेरी गाँउमा आगलागी
हुँदा ३७ घर जलेर नष्ट भएका छन्। सो घटनामा परी दुईजना घाइते हुनुको साथै
केही चौपायजलेको बाँके प्रहरीले जनाएको छ ।
सो घटनामा परेर होलिया-३ का जगेश्वरलाल यादव र पैरु यादव घाइते भएका हुन्
। उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
होलियाका २, ३ र ४ नम्बर वडामा भएको आगलागीमा ३ बंगुर, १ बाख्राको मृत्यु
र भैंसीको पाडो जलेर घाइते भएको

No comments:

Post a Comment