Saturday, April 13, 2013

नयाँ वर्षमा केरीको शुभेच्छा

काठमाडौं, वैशाख १ (नागरिक)- अमेरिकी विदेशमन्त्री जोन केरीले बिक्रम
सम्बतको नयाँ वर्षमा नेपाली जनतालाई शुभकामना दिएका छन्। काठमाडौंस्थित
अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा केरीले राष्ट्रपति बाराक ओबामा
र अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई नयाँ वर्षको शुभकामना दिएको
उल्लेख छ।
'यो नेपालमा राष्ट्रिय एकता र सद्भावना मनाउने तथा संसारभरका नेपाली
पृष्ठभूमिका मानिसका लागि नयाँ शुरुवात र सम्भावनाहरूको चिन्तन गर्ने
अवसर हो,' केरीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ।
शुभकामना सन्देशमार्फत उनले आगामी वर्ष चुनाव सफलताका साथ सम्पन्न हुने र
नयाँ संविधान लेखन कार्य पूरा हुने अपेक्षा पनि राखेका छन्। संविधानसभाको
सफल चुनावले नेपाललाई सम्पन्नता र प्रगतिको मार्गमा राख्ने उनले बताएका
छन्।

No comments:

Post a Comment