Tuesday, April 16, 2013

कुलेखानी जलविद्युत्मा आगलागी, २५ करोडको क्षति

४ वैशाख, हेटौँडा । हेटौंडाको भैसे गाविस-१ स्थित कुलेखानी जलविद्युत्
दोस्रो आयोजनाको कम्पाउन्डमा रहेको तीनवटा विद्युत टासर्फमरमा गएराति
आगलागी हुँदा करिब २५ कराड रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।
गएराति पौने १२ बजे सो टासर्फमरमा भएको आगलागीबाट सो मूल्यबराबरको
नोक्सान भएको आयोजना प्रमुख कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।
आगलागीका कारण कुलेखानी दोस्रोबाट उत्पादन हुने ३२ मेगावाट विद्युत्
उत्पादन हिजो रातिबाटै अवरुद्ध भएको आयोजनाका प्रशासकीय अधिकृत
शारदाविक्रम मल्लले बताउनुभयो ।
आयोजनाबाट उत्पादित बिजुली जलेको टासर्फमरबाट काठमाडौँको केन्द्रीय
विद्युत् ग्रीकमा जोडिने गरेको छ ।
नेपाली सेना, प्रहरी, स्थानीय बासिन्दा, चितवन, वीरगन्ज र हेटौँडाका
दमकलले करिब दुई घण्टापछि सो आगो नियन्त्रणमा लिएको थियो । रासस

No comments:

Post a Comment