२२ चैत, काठमाण्डौं । सुर्ती तथाचुरोट सेवन गर्नेले अब स्वास्थ्य तथा
जनसंख्या मन्त्रालय र त्यसअन्तर्गतका निकायमा जागिर खान नपाउने भएका छन्
। मन्त्रालयले मंगलबार मन्त्रिस्तरीय निर्णयबाट सो व्यवस्था लागू गरेको
हो ।
नयाँ व्यवस्था अनुसार अब स्वास्थ्य मन्त्रालय र त्यसअन्तर्गत विभागमा
जागिर खान चाहनेले 'सुर्तीजन्य पदार्थको प्रयोग गर्दिनँ' भनेर कबुलियत
गर्नुपर्नेछ । कबुलियतगरेको व्यक्तिले सुर्तीजन्य पदार्थ खाएको भेटिए
उसले तत्काल जागिरबाट हात धुनुपर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रविन मिश्रले
स्वास्थ्यकर्मी तथा मन्त्रालयका कर्मचारीले हानिकारक बस्तु सेवन गर्दा
समग्र क्षेत्रमा नै नकारात्मक असर पर्ने भएकाले मन्त्रालयले यस्तो निर्णय
गरेको बताएको खबर नयाँ पत्रिकाले छापेको छ । तर, यो निर्णय कानुनी रुपमै
आएको भने होइन । 'अहिले नै कानुनी रुपमा ल्याउन सम्भव भएन,' मिश्रले भने
'मन्त्रालय तथा विभागका सबै कर्मचारीको सहयोगमा मन्त्रीज्यू मार्फत
निर्णय गराएको हुँ । यो निर्णय लागू भइसकेको छ ।' स्वास्थ्य
तथाजनसंख्यामन्त्री विद्याधर मल्लिकले यो निर्णयमा हस्ताक्षर गरेका छन् ।
No comments:
Post a Comment