Sunday, May 12, 2013

टेलिकमले घटायो इन्टरनेट शुल्क, नयाँ शुल्क जेठ ३ बाट लागु हुने

३० काठमाडौं । के तपाई इन्टरनेट सेवा महंगो भएका कारण प्रयोग गर्न
सक्नुभएको छैन । महंगो भएकै कारण प्रयोग गर्न सक्नुभएको छैन भने तपाइलाई
खुसीको खवर छ । नेपाल टेलिकमले सर्वसाधरणको पहुँचसम्म इन्टरेनट सेवा
पुर्‍याउन नेपालटेलिकमले डाटा -इन्टरनेट) महशुलमा कटौती गरेको छ ।
टेलिकमले जेठ ३ गते विश्व दूरसञ्चार तथा सूचना समाज दिवसदेखि लागु
महशुलमा कटौती गरेको हो ।
टेलिकमले डायलअप, आईएसडिएन डायल अप, नाइट सफिर्ङ, एडिएसएल र वाइम्याक्स,
इन्टरनेट लिज कनेक्टिभिटी, थ्रिजी, इभिडियो, लगाएतका प्याकेजहरुमा शुल्क
घटाएको हो । टेलिकमले एडिएसएल र वाइम्याक्स सेवामा उपलब्ध भोल्युम बेस्ड
प्याकेजमध्ये कुनै पनि प्याकेज एकमुष्ट ३ महिना वा सो भन्दा बढी समयका
लागि खरिद गरेमा ३ महिनाको भोल्युमका लागि थप ४० प्रतिशत डाटा भोल्युम
बोनसको रुपमा उपलब्ध गराउने जनाएको छ ।
वाइम्याक्सको अनलिमिटेड प्याकेजतर्फ २५६ केबीपिएस डाटामा पहिलो ३
महिनाको लागि ३० प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ । अहिले २५६
केबीपिएस डाटाको मासिक १५ सय रुपैयाँ तिनुर्छ । त्यस्तै, दुई एमबीपिएस
स्पिडको डाटा प्याकेजटेलिकमले ९ हजार ३ सय रुपैयाँमा उपलब्ध गराउने भएको
छ । तत्काललाई यो सेवा शैक्षिक संस्था, अस्पताल, सरकारी वा अर्धसरकारी
संस्था, वित्तीय संस्था र कुटनीतिक नियोगलाई मात्र उपलब्ध गराउने
टेलिकमले जनाएको छ ।
इभिडियो/पिडिएसएन सेवाको विद्यमन महशुल दर सय केबीको १० पैसालाई
परिमार्जन गरेर प्रति एमबीको ५० पैसा कायम गरेको छ । त्यस्तै,
थि्रजी/जिपिआएर सेवाको माथिकै महशुल दर कायम गर्न थप आन्तरिक तयारी
आवश्यक भएकोले लागु हुने मिती पछि सार्वजनिक गर्ने जनाएको छ । टेलिकमले
थि्रजी/इभिडिओ सेवाको भोल्युम बेस्ड प्याकेजमा ३ महिनाका लागि खरिद गर्दा
१० प्रतिशत, ६ महिनाका लागि १५ प्रतिशत र एक वर्षका लागि २५ प्रतिशत छुट
दिने भएको छ। टेलिकमले २५ एमबी डाटा एक दिनमा खर्च गरे ११ रुपैयाँ र १०
जिबी डाटा एक महिनामा खर्च गरे २४ सय रुपैयाँ लाग्ने जनाएको छ ।
नयाँ इन्टरनेटको शुल्क तालिका
sourceonlinekhabar.com

No comments:

Post a Comment