Friday, May 10, 2013

कोरियाका राजदूतलाई ‘सचेत’ गराइयो, कतारका राजदूतसँग स्पष्टीकरण

२८ बैशाख, काठमाण्डौ । दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह
लामालाई नेपाल सरकारले कारवाहीस्वरुप सचेत गराएको छ ।
दक्षिण कोरियामा काम गर्न आउने नेपालीहरुले बोरा बोक्न सक्नुपर्ने भएकाले
इपीएस परिक्षामा सय किलोको बोरा राख्नुपर्ने भन्ने अभिब्यक्तिप्रति
आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयले सचेत गराएकोहो ।
हालै अनलाइनखबरसँगको अन्र्तवार्तामा लामाले कोरियामा आउने नेपालीहरु भारी
बोक्न सक्नुपर्ने बताएका थिए । हाल कोरिया आएका नेपालीहरु वास्तविक
श्रमिक नभएकाले समस्या भएको भन्दै उनले इपीएस परिक्षामा १ किलोको बोरा
राख्न र उचाल्न सक्नेलाई मात्र कोरिया पठाउनुपर्ने बताएका थिए ।
राजदूत लामाले कोरियामा रहेका नेपालीलाई हेप्ने गरी अभिब्यक्ति दिएको
कोरियास्थित नेपालीहरुले बिरोध गरेपछि सरकारले उनलाई मौखिकरुपमा सचेत
गराउँदै कुटनीतिक मर्यादामा रहेर अभिब्यक्ति दिन आग्रह गरेको बताइएको छ ।
हेर्नुहोस : लामाले के भनेका थिए ?
यसैगरी परराष्ट्र मन्त्रालयले कतारका लागि राजदूत मायाकुमारी शर्मासँग
लिखित स्पष्टीकरण सोधेको छ । हालै बीबीसी साझा सवाल कार्यक्रममा राजदूत
शर्माले कतारलाई 'खुला जेल'का रुपमा टिप्पणी गरेपछि उनलाई स्पष्टीकरण
लिइएको हो ।
राजदूत शर्माको अभिब्यक्तिबाट आक्रोशित भएको कतार सरकारले यसबारे नेपाल
सरकारसँग आपत्ति जनाएको थियो । कतारले राजदूत शर्मालाई कारवाही नगरे
आफुले नै फिर्ता पठाउन सक्नेसम्मको चेतावनी दिएको छ ।
मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले शर्मालाई लिलित स्पष्टीकरण
सोधिएको पुष्टी गर्नुभयो । उहाँले भन्नुभयो-'उहाँको भनाईले निकै गम्भीर
बनाएको छ, त्यसबारे हाम्रा राजदूतलाई स्पष्टीकरण सोधेका छौं ।'

No comments:

Post a Comment