Thursday, May 16, 2013

आज बीसौं मदन आश्रित स्मृतिदिवस

३ जेठ, काठमाण्डौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको
स्मृतिमा नेकपा एमाले तथा पार्टीका भ्रातृ संघसंगठनले विभिन्न
कार्यक्रमको आयोजना गरेका छ । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय
मदननगर बल्खुमा स्मृतिसभाको आयोजना गरि भण्डारीको प्रतिमामा माल्यारपण
गरेकोको छ । श्रद्धाञ्जली अघि बल्खुमै रक्तदान कार्यक्रम पनि सम्पन्नभएको
थियो ।
श्रद्धाञ्जली कार्यक्रममा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मदन
भण्डारी जस्तो नेता अहिले कोहि नरहेको भन्दै उहाँको स्मरण गर्नुभएको थियो
। नेकपा एमाले उहाँकै मार्गदर्शनका आधारमा अघि बढेकोभन्दै खनालले
भण्डारीले लिएको मार्गदर्शन आजपनि उत्तिकै अपरिहार्य रहेको बताउनुभयो ।
त्यस्तै खनालले अबको संविधान सभा निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने
दाबी गनुभयो । पहिलेको निर्वाचनमा एमाओवादी ठूलो पार्टी भएकाले संविधान
निर्माण नभएको भन्दै अब जनताले एमालेलाई नै पहिलो पार्टी बनाउने दाबी
गनुभयो । श्रद्धाञ्जली सभामा पार्टीका केन्द्रीय सदस्यहरुको सहभागीता
रहेको थियो । यसैगरी आज देशभर विभिन्न कार्यक्रम गरी एमालेले मदन आश्रति
दिवस मनाउँदैछ ।
तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रतिको २०५०
साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनमा परेर निधन भएको थियो ।
दुई नेताको मृत्यु हुने गरी भएको जीप दुर्घटना अझै रहस्यमय नै छ ।

No comments:

Post a Comment