Sunday, June 2, 2013

साउदीमा हजारौं नेपाली अलपत्र

२० जेठ, काठमाण्डौं । साउदी अरेबिया सरकारले विदेशी कामदारलाई व्यवस्थित
गर्ने र आफ्ना नागरिकलाई पनि काममा लगाउने नीति लागू गरेपछि त्यहाँ
हजारौं नेपाली कामदार अलपत्र परेका छन् ।
कतिपय नेपाली कामदारलाई साउदीस्थित नेपाली दूतावासले उद्धार गरेको छ भने
कतिपय अलपत्र परेर पुलमुनि बसेका छन् । अलपत्र नेपालीको उद्धार गर्ने काम
भइरहेको नेपाली दूतावासका नियोग उपप्रमुख हरीशचन्द्र घिमिरेले बताए ।
उनले भने, 'कतिपय कुरा थाहा नपाएर नेपाली अलपत्र परेका हुन् ।' घिमिरेले
कहाँ कति नेपाली अलपत्र छन् भन्ने एकिन नभएको बताए ।
अवैध विदेशी कामदारलाई वैध बनाउन साउदी सरकारले लिएको यो नीति सहज रहेको
घिमिरेले बताए । 'यसबाट अलपत्र पर्ने होइन सहज हुने स्थिति छ, काम फत्ते
कसरी गराउने भन्ने मात्र समस्या हो', उनले भने । साँच्चै अलपत्र परेकालाई
तत्काल घर फर्काउने तयारीमा दूतावास रहेको उनले बताए । उनले भने, 'अलपत्र
त धेरै छन् तर पुलिसले समाएर लैजाने भने होइन ।'
अलपत्र परेका नेपालीलाई समाएर साउदी सरकारले छानविन गर्ने, घर र्फकन
चाहनेलाई पठाउने र कुनै कम्पनीले लिन चाहेमा त्यही राख्ने घिमिरेले बताए
। 'हजारौ नेपाली कुनै न कुनै रुपमा अवैध छन्, त्यसैले समस्या परेको हो,'
उनले भने अन्नपूर्ण पोष्टमा खबर छ ।

No comments:

Post a Comment