रुकुम— मंगलवार विहान पखुकुरीले गला रेटेर हत्यार ३ सन्तानलाई घाइते
बनाएको आरोप लागेका भीमलाल ओली मृत अवस्थामा भेटिएका छन्। दक्षिणी पश्चिम
रुकुमको नुवाकोट- ८ नाख्लाका ४२ वर्षीय हत्या आरोपी ओली नुवाकोट-५ मा
बुधवार मृत फेला परेका हुन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार ओलीले
मंगलवार बिहान १ वजे पत्नी पवित्रालाई खुकुरीले गला रेटेर हत्या गरेका
थिए। पत्नीको हत्या लगत्तै अर्को कोठामा सुतिरहेका ३ सन्तानलाई समेत
खुकुरीले घाँटीमा रेटेर घाइते बनाएका थिए।
पत्नीको हत्या र छोराछोरीलाई गम्भीर घाइते बनाए लगत्तै उनी फरार भएका
थिए। घाइते १६ वर्षीय छोरी विमला, १५ वषीय छोरा तुलसीराम र १० वर्षीय
छोरा प्रेमबहादुरको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली
सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ। संयोगले छोराछोरीको ज्यान जोगिए
पनि खतरामुक्त भने छैनन्। पत्निको हत्या र छोराछोरीलाई घाइते बनाएर फरार
भएका ओलीको खोजतलास गर्दा मृत अवस्थामा भेटिएको डिएसपी भट्टले जानकारी
दिए।
मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याइँदैछ।
'घटना घटाएर फरार भएका अभियुक्तलाई मृत अवस्थामा फेला पारेका छौं',
प्रहरी नायव उपरिक्षक भट्टले भने, 'आफै मरेका हुन वा मारिएका हुन भन्ने
कुराको अनुसन्धान भइरहेको छ।'
भीमलालले प्रयोग गरेको खुकुरी समेत आफैले लगेर फरार भएका थिए।
sourceonlinekhabar.com

No comments:
Post a Comment