Sunday, September 30, 2012

५ करोड पर्ने घडेरी ७१ लाखमा बिक्री

नेपालगन्ज, आश्विन १५ - करिब ५ करोड मूल्य पर्ने साझा भण्डारका ६ प्लट
जग्गा कर्मचारी मिलेमतोमा ७१ लाख ५१हजार रुपैयाँमा बिक्री भएको छ ।
साझा भण्डार निर्माणका लागि किनिएका राजमार्गसँग जोडिएका ती प्लट
भूमाफियासँग मिलेमतो गरी चलनचल्तीको मूल्यभन्दा पाँच गुना कममा भदौ २५
गते बिक्री गरेका हुन् । कोहलपुर नगर विकास समिति २३ वर्षअघि साझा भण्डार
स्थापनाका लागि सस्तै मूल्यमा ती घडेरी साझालाई दिएको थियो । भण्डारले
कोहलपुर ३ 'क'का प्लट नं. ९६२, १२२५, १२२६, १२२७, १२२८ र १२२९ र कित्ता
नं. ९६९, १२३२, १२३३, १२३४, १२३५ र १२३६ का घडेरीहरू बाँके रझेना ४ का
सुरज गिरीका नाममा रजिस्टे्रसन पासगरिदिएको हो । अहिले प्रतिप्लटको मूल्य
८० लाख रुपैयाँभन्दा बढी पर्छ ।
मालपोत कार्यालयले प्रक्रिया पूरा गरेकाले जग्गा पास गरेको जनाएको छ ।
'सञ्चालक समितिको निर्णयका आधारमा पास गरेका हौं,' अधिकृत नारायणप्रसाद
पाण्डेले भने । साझाले अख्तियारी दिएर पठाएका अधिकृत केशव गौतमले बिक्री
गरेका हुन् । तर साझा भण्डार सञ्चालक समितिले असार ३१ गते कोहपुरका घडेरी
बढाबढ प्रक्रियाद्वारा बिक्री गर्ने निर्णय गरेको थियो । 'एउटा घडेरीलाई
७६ लाख रुपैयाँभन्दा बढ पिर्छ,'कोहलपुर सुधार समाजका अध्यक्ष टेकराज
आचार्य र सचिव हेमविक्रम जीसीले भने, 'यहाँ ठूलो हिनामिना भएको छ ।'
उनीहरूले छानबिन नगरे अख्तियारमा मुद्दा दायर गर्ने बताए । गोप्य रूपमा
घडेरी बिक्री भएपछि एक महिनासम्म चुपचाप बसेका गिरीले ती प्लटहरूमा
अस्थायी टहरा बनाएर चिया नास्ता पसल चलाउँदै आएकालाई घर खाली गर्न लगाएका
छन् ।
यता गिरीले टेन्डर प्रक्रियामा प्रतिस्पर्धा गरी घडेरी लिएको दाबी गरे ।
'मलाई बदनाम गराउन केही दलालले यसलाई मुद्दा बनाएका छन्,' गिरीले भने,
'साझालेबिक्री गर्‍यो । मैले पैसा लगाएर किनें, मेरो के दोष छ?' गिरीले
भदौको १४ गते काठमाडौं पुगेर टेन्डर दर्ता गराउँदा ती घडेरी आफूलाई परेको
बताए ।
कोहलपुर गाविसले घडेरी बिक्रीका लागि सिफारिस गरेको छ । 'हाम्रो पक्षबाट
जग्गा खरिद बिक्री गर्नु गैरकानुनी देखिएको छैन,' गाविस सचिव अमरराज
खत्रीले भने, 'सामाजिक हिसाबले गैरकानुनी देखिन्छ ।'
प्रकाशित मिति: २०६९ आश्विन १५ ०९:१७
Facebook_like
Tweet Google_plusone

No comments:

Post a Comment