Sunday, September 30, 2012

अपडेटः पहिरोमा बेपत्तामध्ये चारको शव फेला

इलाम , आश्विन १५ - मेची राजमार्ग अन्तर्गत इलामको पूर्वी कोल्बुङ- १
स्थित हर्कटे-हाँसपोखरीमा पहिरोमा पुरिएर हराएकामध्ये चार जनाको शव
भेटिएको छ ।
नेपाली सेना, प्रहरी र स्थानीयवासीको उद्दार टोलीले सोमबार बिहान चार
जनाको शव भेटेको इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी
दिए । पहिरोमा पुरिएका १० जनाको अवस्था थाहा भएको छैन । तीमध्ये ७ जना
भारतीय नागरिक हुन् । उनीहरु दार्जिलिङको सुखियाका भएको प्रहरीको भनाइ छ

अविरल वर्षापछिको पहिरोले पाँच वटा सवारी पुरिएका थिए । दुई वटा कार अझै
भेटिएका छैनन् ।
फिक्कलस्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी निरीक्षक विष्णुहरि
घिमिरेका अनुसार छ जना घाइतेको उपचार भइरहेको छ । आइतबार राति नौ बजे
पहिरो गएको हो ।कन्यामदेखि सडकको विभिन्न स्थानमा पहिरो खसेको छ । मेची
राजमार्ग आइतबार रातिदेखि नै अबरुद्ध छ ।
प्रकाशित मिति:

No comments:

Post a Comment