Monday, October 1, 2012

डल्फिनले यसरी जन्मायो बच्चा...(भीडियोमा)

हवाईको हिल्टन बैकिलोगा गाउँमा डल्फिन क्वेष्ट हवाई वाटर पार्कमा गत
सोमबार १२ वर्षको डल्फिन कियोले एक बच्चालाई जन्म दिएको छ । कियोले आफ्नो
पहिलो सन्तानलाई जन्म दिएको हो ।
जब कियोले बच्चालाई जन्माउने समयमा प्रसव पिडामा रहेकी थिइन् तब उक्त
वाटर पार्कका एक कर्मचारी डल्फिनसँगै थिए । उनले डल्फिनलाई हौसला दिने र
सहज महसूस गराउने प्रयत्न गरेका थिए । कियोले करिब एक घण्टाको लामो प्रसव
पिडापछी आफ्नो पहिलो सन्तानलाई जन्म दिएकी थिइन् । बच्चा जन्मिएको केही
समयपछी नै कियोसँग पौडिन थाल्यो ।
यो भीडियो पानीमुनी लिइएको हो । यस भीडियो सेप्टेम्बर १८ मा युट्युबमा
अपलोड गरिएको हो । यस भीडियोलाई १६ लाख भन्दा बढी मानिसले हेरेका छन् भने
करिब ६ सय मानिसले कमेन्ट गरेका छन् ।
हेरौ उक्त भीडियो...http://www.nepaliheadlines.com/amazing-facts/9541-mother-kiyo-gave-birth-her-first-child-dolphin

No comments:

Post a Comment