Monday, October 1, 2012

नवलपरासी जिल्लामा आँपको रुखबाट धुँवा निस्किएपछि

१५ असोज, परासी । नवलपरासी जिल्लाको सीमावर्ती क्षेत्र भुजहवा–६
बरगदवास्थित बर्दघाट कालिका मन्दिर परिसरमा रहेको एक आँपको रुखबाट धुँवा
निस्किएपछि सो स्थानमा भक्तजनको भीड लाग्न थालेको छ । मन्दिर परिसरमा
रहेको आँपको रुखको खन्जरबाट मधुरो धुँवा निस्कन थालेपछि नयाँ चमत्कार
भएको अनुमानमा भक्तजनहरुको ठूलै भीड लाग्न थालेको स्थानीय बासिन्दा
देशबन्धु यादवले बताए । रुखमा धुँवा गत असोज ९ गतेदेखि निस्कन थालेको
बताइएको छ । रुखमा धुँवा निस्कनथालेको देखेपछि मन्दिरमा पूजाआजा गर्नेको
भीड बढेको छ ।
यो मन्दिर परापूर्वकालमा एउटा सिंहोरको रुखलाई देवताको स्वरुप सम्झेर
पूजा गरी आएको हुँदा त्यत्तिखेर नै यस मन्दिरको स्थापना भएको स्थानीय
समाजसेवी रामव्यास यादवको अनुमान छ । यस मन्दिरमा विगतका वर्षहरुमा यस्तो
आश्चर्यजनक धुँवा कहिल्यै ननिस्किएको मन्दिरका पुजारी लक्ष्मण दासले
बताए। यस मन्दिर भित्र शिवजी, वैष्णोदेवी, कालीमाता, गणेश, हनुमानलगायतका
देवीदेवता विराजमान छन् ।
Comments:

No comments:

Post a Comment