Wednesday, June 5, 2013

पहिरोमा परी ४ को मृत्यु, ७ बेपत्ता

२३ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ
। सात जना बेपत्ता भएका छन् । अविरल बर्षापछि ताप्लेजुङको थुकिम्बा ६ मा
गएराति गएको पहिरोले दुई घर बगाउँदा तीन परिवारका चार जनाको मृत्यु भएको
हो । करीव ७ जना बेपक्ता भएका छन् ।
राति साढे १२ बजेतिर गएको पहिरोले अस्टबहादुर सिवा, सलमान सिवा र तेजमान
सिवाको परीवारलाई बगाएको ताप्लेजुङका प्रहरी प्रमुख गोविन्द प्रसाद
आचार्यले जानकारी दिनुभयो । अहिले सम्म चार जनाको सव फला परेको छ । जसमा
६९ वर्षीय अष्टबहादुर सिवा, ४० वर्षीय सलमान सिवा र तेजमान सिवाकी १०
वर्षीया छोरी नैना सिवाको सव फेला परेको छ भने एक जनाको पहिचान हुन सकेको
छैन । अहिले स्थानिय र थुकिम्बा प्रहरी चौकिमा कार्यरत प्रहरीले
बेपक्ताको खोजिकार्य जारी राखेका छन् भने सदरमुकामबाट नेपाली सेना र
ससस्त्र प्रहरीको टोलि पनि सो स्थान तर्फ प्रस्तान गरेको छ । घटान स्थल
ताप्लेजुङ सदरमुकामबाट एक दिनको पैदल दुरीमा रहेको छ ।
यसैविच सोहि पहिरोले थुकिम्बा ४ को कुबेर सिं सावाको घर पनि बगाएको छ ।
सावाको आठ परीवारमा पहिरोले तीन जना घाईते भएको छन् भने पाँच जना भागेर
जोगिन सफल भएको प्रहरीले बताएको छ । घाईते मध्ये सुकमायाँ सावाको अबस्था
गम्भिर रहेको छ । अन्य घाईतेको नाम खुल्न सकेको छैन । घाईतेलाई स्थानिय
स्वास्थ्य चौकिमा उपचारको लागि लगिएको छ ।

No comments:

Post a Comment