Wednesday, June 5, 2013

किष्ट बैंकका सिइओकी श्रीमती पक्राऊ

सिद्धार्थ बैंकबाट १३ करोड बैंकिङ कसुर गरेको आरोप
२३ जेठ, काठमाडौं । किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल
ज्ञवालीकी पत्नी गौरी खनाल (ज्ञवाली) लाई प्रहरीले बुधबार साँझ
महाराजगञ्जबाट पक्राऊ गरेको छ । बैंकिङ ठगीको कसुरमा उनी पक्राउ परेकी
हुन् । कसुरमा सिइओ ज्ञवालीसमेत तानिएको प्रहरी स्रोतले बताएको छ ।
सिद्धार्थ विकास बैंकबाट अनुचित तरिकाले ऋण लिई बैंकलाई १३ करोड नोक्सान
गराएको राष्ट्र बैंकको अनुसन्धानबाट खुलेपछि नेपाल प्रहरीको केन्द्रीय
अनुसन्धान ब्यूरोको सहयोगमा गौरीलाई पक्राऊ गरिएको हो । महाराजगञ्जबाट
पक्राऊ गरी उनलाई महानगरीय प्रहरी प्रभाग, सिंहदरबारमा थुनिएको छ ।
सिद्धार्थ विकास बैंकमा किष्टका सिइओ कमलकोसमेतसेयर छ । यही प्रभावलाई
प्रयोग गरी कमसल मूल्यको जग्गा देखाएर गौरीका नाममा १३ करोड ऋण निकालेर
नियतबस बैकिंङ ठगी गरेको राष्ट्र बैंकको निश्कर्ष छ । सिद्धार्थ विकास
बैंकलाई डुबाउने नियतले ऋण निकालिएको सिइओपत्नीमाथि आरोप छ ।
सिईओ ज्ञवाली तनावमा
श्रीमतीलाई कारबाहीका लागि नेपाल राष्ट्र बैंकले पत्राचार गरेको थाहा
पाएपछि किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली कार्यालयमा हाजिर
हुन छोडेका छन् । उनी केही दिनदेखि बैंकमा नआएको कर्मचारीले बताएका छन् ।
बैंकका उच्च अधिकारीले सम्पर्क गर्दा ज्ञवाली बोल्न अनिच्छुक रहेको
बुझिएको छ । बैंकको प्रतिष्ठामाथि आाच आउनबाट जोगाउन पदबाट राजीनामा गर्न
ज्ञवालीलाई निकटस्थहरुले सुझाव दिएको बुझिएको छ ।source onlinekhabar.com

No comments:

Post a Comment