Thursday, June 6, 2013

महिलाको टाउको मात्रै भेटियो

काभ्रे, जेष्ठ २३ - कपडाले बेरेर फालेको अवस्थामा एक महिलाको टाउको
भेटिएको छ । नासिकास्थान १ स्थित अरनिको राजमार्ग सडक छेउमै बिहीबार
दिउँसो महिलाको टाउको भेटिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख
प्रहरी निरीक्षक अच्यूत चापागाईले बताए ।
'२/३ दिन अगाडी टाउको फालेको जस्तो देखिन्छ' उनले भने, 'घटनाको अनुसन्धान
थालेका छौं ।' भेटिएको टाउको कसको हो भनेर पहिचान हुन नसकेको उनले बताए ।
हत्या गरी टाउको छुट्टाएर फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
टाउको भेटिएको महिलाको उमेर २५ भन्दा तलै भएको अनुमान समेत प्रहरीले
गरेको छ ।source ekantipur.com

No comments:

Post a Comment