१२ असार, काठमाण्डौ । यौनसुख र पैसाका लागि मानिस ज्यानै फाल्न पनि तयार
हुँदोरहेछ । बिदेशबाट फर्किएका चेलीहरुसँग यौनसुख र पैसा लिनमा ख्याती
कमाएका अध्यागमन बिभागका कर्मचारी हालै अर्को काण्डमा फसेका छन्।
बुधबार प्रकाशितजनआस्था साप्ताहिकका अनुसार अघिल्लो शनिवार मुद्दा शाखाका
दुई कर्मचारी र पूर्वसर्त राखेर अध्यागमनको हिरासतबाट छुटेका दुई
युवतीवीच यस्तै भयो । युवतीलाई अदालतले रिहाईको आदेश दिएपश्चात मुद्दा
फाँटका तीन कर्मचारी उनीहरुलाई भेट्न सामाखुसीस्थित गेष्ट हाउसमा पुगे ।
एक कर्मचारी खानपिनपछिफर्केको भए पनि अन्य दुई कर्मचारीले त्यहीँ रात
बिताएको रिपोर्ट प्रहरीकहाँ पुगेको छ ।
परियार र सुनुवार थरका ती दुई युवतीसँग कर्मचारीको भेट भएको थियो बयान
लिने क्रममा । जाली राहदानी प्रयोग गरेर बिदेश गई फर्केको पुष्टी भएपछि
एक अधिकृत र दुई सुब्बाले उनीहरुको बयान लिएका थिए ।
कारवाही प्रकृया अगाडी बढाउनुपर्नेमा उल्टै कर्मचारी र दोषी युवतीवीच
मुद्दा कमजोर बनाएर पेश गर्नेर रिहाईपश्चात मोजमस्ती गर्ने सहमति भएको
स्रोतले बतायो ।
भयो पनि त्यस्तै । दुई युवतीको मुद्दा प्रकृया अरुको भन्दा छिटो अगाडी
बढ्यो। उनीहरुले अदालतको फैसलाबाट उन्मुक्ति पाएपश्चात सामाखुसीमा
कर्मचारीसँग रात बिताए । उज्यालैदेखि जमेका तीयुवतीले खानपान गर्दै गरेका
तस्वीर मोवाइलमा खिचे । कर्मचारीको असहमतिका बाबजुद सम्झनाका लागि भनि
खिचिएका तीतस्वीर अहिले प्रहरीकहाँ पुगेका छन् ।
जुन गेष्टहाउसमा बसेर खानपिन र मोजमस्ती गरिएको थियो भोलीपल्ट त्यही
गेष्ट हाउसमा पुगेर ती युवतीले बेलिविस्तार लगाए । ती साहुलेसवै बिबरण
प्रहरीलाई सुनाएपछि प्रहरीले युवतीलाई बोलाएर बयान लियो ।
यो घटनाबारे बिभागदेखि मन्त्रालय र त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका
कर्मचारीसमेत जानकार रहेको समाचारमा उल्लेख गरिएको छ । गृहकै एक उपसचिव
भन्छन- यस्तो प्रवृतिलाई निरुत्साहित गरिएन भने अध्यागमनको हिरासत अनैतिक
कार्य गर्ने थलो बन्छ ।'
यसअघि अध्यागमनमै कार्यालय सहयोगी पदमा कार्यरत पूर्ण वस्नेतले केही
महिनाअघि श्रीमान भेट्न अमेरिका जान लागेकी युवतीलाई फन्दामा पारी यौन
सम्र्पक कायम गर्नुका साथै एक लाख बढि रकम असुलेका थिए । केही महिनाअघि
साउदीबाट फर्केकी एक राई थरकीयुवतीलाई यौन शोषण गरी गर्भवती बनाएको र
पैसा असुलेको अभियोगमा पुलिस र अध्यागमनका कर्मचारीले अहिले पनि मुद्दा
खेपिरहेका छन् ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।