१५ साउन, काठमाडौं । विगतमा नेपाली चेलीहरु मुम्बईका कोठीमा बेचिन्थे ।
अहिले चेलीबेटी बेचबिखनका नयाँ-नयाँ तरिका देखा पर्न थालेका छन् ।
चेलिबेटी बेचबिखनविरुद्ध गैरसरकारी संस्थामा कार्यरत सामाजिक
कार्यकर्ताको दाबीअनुसार काठमाडौंमा विदेशी पर्यटक बढी चलखेल गर्ने बजार
यतिबेलाचेलीबेटी बेचबिखनको ट्रान्जिट प्वाइन्ट बनेको छ ।
'चेलीहरुलाई गाउँबाट ल्यायो, तीन महिना राखेर डान्स सिकायो, डान्समा
पर्फेक्ट बनायो अनि ३ महिनाको टुरिष्ट भिसामा चाइना पठाउने हो कि दक्षिण
अफि्रका पठाउने हो, पठाइन्छ ।काठमाडौंको पर्यटकीय बजार अहिले ट्रान्जिट
प्वाइन्ट बनेको छ ।' शक्ति समूहकी अध्यक्ष सुनिता दनुवार भन्नुहुन्छ, -'
एउटा समूह विदेश जान्छ, अर्को समूह यहाँ तयार हुँदै गर्छ । चाइनाको समूह
भिसा सकिएपछि फर्केर काठमाडौं आउँछ र यहाँको नयाँ समूह बाहिर जान्छ।'
नेपाली चेलीबेटीहरुको अवस्था बुझ्न आफूहरु केही समयअघि चीन भ्रमणमा गएको
दनुवारले बताउनुभयो । 'त्यसक्रममा हामी चीनका रेडलाइट एरिया र
रेष्टुराँहरुमा गयौं ।' उहाँले भन्नुभयो- 'रेष्टुराँमा वेइटर र डान्सरका
रुपमा काम गर्ने नेपाली चेलीहरुलाई शोषण गर्ने पुरुषहरु पनि नेपाली
नैरहेछन् ।' नेपाल र चीनको सीमाना क्षेत्रमा रहेका नेपाली व्यापारी, सीमा
प्रहरीर ड्राइभरसम्मले त्यस्ता नेपाली चेलीहरुको यौन शोषण गर्ने नरेको
दनुवारले अनलाइनखबरलाई बताउनुभयो । 'दुबै पक्ष नेपाली, ठाउँमात्रै विदेशी
भूमि । सबैकेटीहरु १८ वर्षभन्दा कम उमेरका छन् । उहाँले भन्नुभयो,
'उनीहरुलाई कुनै इच्छा छैन तर, आफ्नै देशका ग्राहकहरुले जबरजस्ती तान्ने
गरेको देख्दा एकदमै दुःख लाग्यो ।'
नेपालमै 'रेडलाइट एरिया' खोले के होला ?
नेपालमा भित्रीरुपमा बढ्दो यौन व्यवसायलाई नियन्त्रण गर्न रेडलाइट एरिया
तोकिनु पर्ने र यौन व्यवसायलाई कानूनबनाएर बैधानिकता दिनुपर्ने माग पनि
फाट्टफुट्ट हुन थालेको छ । यस विषयमा महिला बेचबिखनविरुद्ध संघर्षरत
सामाजिक कार्यकर्ताको हिसाबले तपाईको धारणा के छ भन्ने जिज्ञासामा शक्ति
समूहकी अध्यक्ष दनुवारले अनलाइनखबरसँग यस्तो प्रतिक्रिया दिनुभयो-
'हाम्रो जस्तो समाजमा यो कुरा अलि नपच्ला । त्यस्तो एरियामाआउने भनेको १८
वर्षभन्दा मुनिका बच्चीहरु हुन् । भोलि त्यो ठाउँमा मेरै बच्चा पनि पुग्न
सक्छ, अरुको बच्चा पनि पुग्न सक्छ । मलाई धेरै पत्रकारहरुले यो विषयमा
सोधिसक्नुभएको छ । तर, म यस्तो हुनुपर्छ भन्नेमा पनि छैन र हुनु हुँदैन
भन्नेमा पनि छैन । म यस विषयमा तटस्थ छु । भोलि त्यस्तो भयो भने त्यहाँ
हाम्रा आफ्नै चेलीहरु जाने हुन् ।
जुन पीडा म आफूले भोगिसकेकी छु, मेरोजस्तै पीडा अरुले पनि भोगोस् भनेर म
कसरी भनौं ? मपछिको पिँढीले पनि यस्तै समस्या भोगोस् भन्न म चाहदिँन। म त
यो समस्याबाट हाम्रा चेलीहरुलाई कसरी जोगाउने भन्नेतिर लागेकी छु ।
कल्चरकोहिसाबले हेर्ने हो भने हाम्रोदेशमा त्यति धेरै आधुनिकता पनि
आइसकेको छैन कि हाम्रो देशमा छुट्टै रेडलाइट एरिया बनाएर त्यहाँबाट पैसा
कमाऔं http://www.onlinekhabar.com/2013/07/99845/
No comments:
Post a Comment