१६ साउन, काठमाण्डौं । मासिक २१ हजार रुपैयाँ तलब पाउने लोभमा राजधानीको
बालाजु चोकस्थित युनिक इन्टरनेसनलमा आवेदन दिन पुगेका रामकुमार शर्मा
त्यतिबेला तीनछक्क परे जतिबेला उनी सो संस्थाको नाममा छापिएको
विज्ञापनबारे बुझ्न त्यहाँ पुगेका थिए । विज्ञापनका बारेमा विस्तृत विवरण
बुझ्न खोज्दा उनलाई सो संस्थाको डाइरेक्टर भन्ने व्यक्तिले बायोडाटा,
फाराम र त्यसबापतको शुल्क बुझाएपछि मात्रै विस्तृत जानकारी दिने मात्रै
बताएनन्, बायोडाटा लिएर नआएको भन्दै तथानाम गालीसमेत गरे ।
मासिक १८ हजार रुपैयाँ तलब पाउने विज्ञापनबाट आकर्षित भई विज्ञापन छपाउने
सामाखुसीस्थित एक कार्यालयमा पुगेका दिनेश भट्टले फाराम र प्रवेश
शुल्कबापत ५ सय रुपैयाँ बुझाउनु पर्यो । फारामबापत त्यत्रो रकम बुझाएका
उनी अहिले कतै आफु ठगिएको त होइन भन्नेमा पुगेका छन् । कलंकीस्थित एक
अमेरिकी कम्पनीलाई एसएलसी पास भएका कर्मचारी चाहिएको विज्ञापन देखेर
धर्मराज घिमिरे लोभिए । नलोभिउन् पनि किन, मासिक तलब नै १८ हजार ५ सय
रुपैयाँ लेखिएको थियो । सो विज्ञापन देखेर लोभिएका भट्टले सो कम्पनीमा
काम पाउलान् नपाउलान् यसै भन्ने स्थिति छैन, तर उनी अहिले नै आफु लुटिएको
महसुस गर्न थालेका छन् ।
शर्मा, घिमिरे र भट्ट त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्ता हजारौं
युवा सञ्चारमाध्यममाछापिएका विज्ञापनबाट ठगिन पुगेको राजधानी दैनिकमा खबर
छ । आकर्षक तलब र सेवा–सुविधासहित छापिने त्यस्ता विज्ञापनबाट बेरोजगार
युवा दिन–प्रतिदिन ठगिइरहेका छन् । 'तु चाहियो' जस्ता शब्दावलीबाट त झन्
उनीहरूमा चाँडै नै जागिर पाइने लोभ जाग्दोरहेछ । तर, जब छापिएका
विज्ञापनका आधारमा कार्यालय पुग्छन्, त्यहाँ उनीहरूले सोचेजस्तो केही
पाउँदैनन्, बरु जबर्जस्ती फाराम शुल्क बुझाउन बाध्य पारिन्छ । बायोडाटा
नलाने र फाराम शुल्क बुझाउन आनाकानी गर्नेको हुर्मत लिने काम हुन्छ ।
हाल विभिन्न कम्पनी एवं व्यक्तिहरूद्वारा पत्रपत्रिकाहरूमा आकर्षक तलब
दिने विज्ञापन गरेर बेरोजगार युवायुवती ठग्ने क्रम बढिरहेको अधिकांश
पीडितहरूको गुनासो छ । ठूला राष्ट्रिय दैनिक पत्रपत्रिकामार्फत सामान्य
कामका लागि पनि 'आकर्षक तलब दिन्छौं, छिटो बायोडाटासहित आउनुहोला' भनेर
हेर्दैमा लोभलाग्दो विज्ञापन गरी उनीहरूको सम्पर्क ठेगानामा
पुग्नेबित्तिकै बेरोजगार युवायुवतीसँग जबर्जस्ती प्रतिव्यक्ति ३ देखि ५
सय रुपैयाँसम्म लिने गरेको पीडितहरू बताउँछन् । बालाजु चोकस्थित युनिक
इन्टरनेसनलमा मासिक २१ हजार तलब पाउने आसमा त्यहाँ पुगेका शर्माले आफुलाई
कम्पनीको डाइरेक्टर बताउने व्यक्तिले बायोडाटा नलिइकन आएको भन्दै तथानाम
गाली गरेको बताए ।
पहिले बायोडाटा र फाराम एवं तालिम शुल्क बुझाएपछि मात्र कम्पनीका बारेमा
जानकारी गराउनेनत्र केही नबताउने भनेपछि आपूm त्यसै फर्किएको उनले बताए ।
आकर्षक तलबमा रोजगारी दिने बहानामा नियतवश बेरोजगारलाई उल्टै नंग्याउने
उद्देश्यले सञ्चालित सो कम्पनीका निर्देशकले 'छिटो फाराम भरेर तालिम
शुल्क बुझाइहाल्नोस् नत्र जानोस्' भनेर आफुलाई अभद्र व्यवहार गरेको उनको
दाबी छ । 'अहिले मसँग बायोडाटा पनि छैन, मागेजति पैसा पनि छैन, बुझ्न
मात्र आएको हुँ' भन्दा निर्देशकले उल्टै आफुलाई अभद्र व्यवहार गरेको
शर्माले जानकारी दिए ।
उनले लामो समयको वादविवादपछि निर्देशक भन्नेले अहिले आङ्खनो कम्पनीलाई
युवती मात्र आवश्यक भएको बताएको पनि जानकारी दिए । यहाँबाट तेल,
स्याम्पु, साबुनलगायतका सामग्रीहरू सहरका विभिन्न घरघरमा पुगेर बिक्री
गर्नुपर्छ भनेपछि आफु बाहिरिएको उनको भनाइ छ । अर्का पीडित भट्टले
सामाखुसीमा विभिन्न पोस्टमा महिला/पुरुष कर्मचारीहरू चाहियो, १८ हजार तलब
भनिएको विज्ञापनको आधारमा त्यहाँ पुग्दा १८ हजार तलब पाउनुको सट्टा उल्टै
आफु ५ सय रुपैयाँ बुझाएर फर्किएको बताए । उनले त्यहाँ उसले दिने भनेको
काम 'साततले भवनबाट हाम्फाल् १ लाख रुपैयाँ पाउँछस्' भनेझैं धेरै परिश्रम
गर्दा पनि नसकिने प्रकारको भएको बताए । सो कम्पनीले तोकेको
टार्गेटअनुसारको मार्केटिङको काम गर्नुपर्दो रहेछ, त्यसैले आपूmले असम्भव
कामका लागि उल्टै ५ सय रुपैयाँ फाराम र प्रवेश शुल्कबापतको रकम बुझाएर
आएको बताए ।
हाल रोजगारी दिने बहानामा राजधानीमा सञ्चालित अधिकांश संस्थाले आकर्षक
तलब तथा भत्ता दिने प्रलोभनमा पारेर बेरोजगार युवालाई उल्टै नंग्याउने
काम गरिरहेका छन् ।
No comments:
Post a Comment