२९ साउन, रुकुम । रुकुमको खोलागाउँ गाविसमा एकैसाथ २०७ जना बिरामी भएका
छन् । खोलागाउँ वडा नं ७ र ८ सानाखोलाका ८० जना स्थानीयवासी र जनकल्याण
माविमा अध्ययनरत १२७ जना विद्यार्थीमा ज्वरो आउने,पेट दुख्ने, आँखा,
नाकबाट पानी बग्ने, रातभर पसिना चुहिने लक्षण देखिएको हो ।
हप्ता दिनअघि सुरु भएको समस्याका कारण विद्यार्थीको पठनपाठन अवरुद्ध भएको
छ भने स्थानीय बासिन्दा आˆनो दैनिक कामकाजमा समेत सहभागी हुन सकिरहेका
छैनन् । उपस्वास्थ्य चौकीमा औषधि नभएपछि बिरामी थप समस्यामा परेकाछन् ।
यसअघिका उपस्वास्थ्य चौकी इन्चार्ज बिदामा बसेका र अन्य स्वास्थ्यकर्मी
पनि नभएपछि अझ समस्या झेल्नुपरेको बिरामीले गुनासो गरेका छन् ।
कार्यालय सहयोगीको भरमा खुल्ने उपस्वास्थ्य चौकीमा कोटि्रनबाहेक अरू कुनै
औषधि नभएको मावि सानाखोलाका शिक्षक विनोद शर्माले बताउनुभयो । विद्यार्थी
बिरामी भएपछि पढाइ बन्द गरिएको र स्थानीयवासी पनि बिरामी हुने क्रम
नरोकिएपछि थप औषधिको माग गरिए तापनि औषधि गाउँसम्म नपुगेको उहाँले
बताउनुभयो ।
रोग फैलँदै गएपछि स्वास्थ्यकर्मी, स्थानीय राजनीतिक दलका नेता
कार्यकर्ता, गाविस सचिव प्रहरीलगायतको संयुक्त टोलीले रोग प्रभावित
क्षेत्रको सामूहिक अनुगमन गरेको छ । अनुगमनका क्रममा फोहर पानी नपिउन
सल्लाह दिइएकोछ । यता जिल्ला अस्पताल सल्लेले भने रोग फैलिएको बारेमा
कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ । रासस
No comments:
Post a Comment