३० साउन, काठमाडौं । भारतीय पूर्वोत्तर राज्य पश्चिम बंगालको सत्तारुढ
पार्टी तृणमूल कांग्रेसका नेताले दार्जीलिङका गोर्खालीलाई 'नेपालीहरु
नेपाल जाओ' भनेपछि गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आपत्ति
जनाउनुभएको छ । तृणमूल कांग्रेसका नेताहरुको यस्तो भनाइले
दार्जीलिङबासीलाई हेर्ने बंगाल सरकारको दृष्टिकोण स्पष्ट भएको गुरुङले
बताउनुभएको छ ।
उनीहरुको यही मानसिकताका कारण अलग गोर्खाल्याण्ड राज्य आवश्यक रहेको
गुरुङले दाबी गर्नुभएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । तृणमुल
कांग्रेसका नेताले मंगलबार नेपाली हरु नेपालजाओ भन्ने अभिव्यक्ति दिएको
बुधबार प्रकाशित भारतीय पत्रिका हिमालयन दर्पणले लेखेको छ ।
जनताले आफैं लगाए कर्फ्यु
यसैवीच मंगलबार दार्जीलिङमा जनताका तर्फबाट कफ्र्युको घोषणा गरियो ।
जनताले लगाएको कर्फ्युका कारण बजार पूर्णतः सुनसान देखिएको थियो । प्रहरी
र पत्रकारबाहेक सडकमा कोही पनि मानिस निस्केनन् र आ-आफ्ना घरमा बसे ।
भारतले खलग तेलगांना राज्य दिने घोषणा गरेपछि दुईसातादेखि दार्जीलिङमा
बन्द र हडतालजारी छ । अनिश्चितकालीन बन्दलाई न्ययालयले रोक लगाएपछि
आन्दोलनकारीले मंगलबारदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेको बताउँदै
जनताको कर्फ्युघोषणा गरेका हुन् ।
जनताको अप्ठयारोलाई ध्यानमा राखी विहीबारदेखि आइतबारसम्म बजार खुल्ला
गर्ने आन्दोलनकारीले बताएका छन् । आन्दोलनकारीलाई गिरफ्तार गर्ने अभियान
राज्य सरकारले जारी राखेको छ । हालसम्म अढाइ सय भन्दा बढी
आन्दोलनकारीनेताहरु पक्राउ परिसकेका छन् । source.onlinekhabar.com
No comments:
Post a Comment