वैदेशिक चलखेलले वार्ता भंग भएको माओवादीको आशंका
८ भदौ, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले वैदेशिक
चलखेलका कारण उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ता भङ्ग भएको आशंका
गरेको छ । राजनीतिक समितिसँगको वार्ता भाँडिएपछि ३३ दलले शनिबारपत्रकार
सम्मेलन गरेर वार्ता भङ्ग भएकोमा आश्यर्चसमेत व्यक्त गरेको छ ।
'हामीले हाम्रो प्रस्ताव राखेपछि उहाँहरु (राजनीतिक समितिमा रहेका
दलहरु)ले एकतर्फीरुपमा तपाईहरुको माग स्वीकार गर्न सकिँदैन भनेर
सुनाउनुभयो' माओवादी अध्यक्ष मोहन बैद्यले भन्नुभयो-'हामीलाई आश्चर्य
लागेको छ । यसका पछाडि वैदेशिक चलखेल त छैन ? हामीलाई गम्भीर आशंका
लागेको छ ।'
यो पनि पढ्नुस्
राजनीतिक समिति र वैद्य मोर्चाको वार्ता बिथोलियो
शनिबार भएको वार्तामा आफूहरुले गोलमेच सम्मेलनको एजेण्डासहित ५ बुँदे
प्रस्ताव राखेपछि राजनीतिक समितिमा रहेका दलहरु आन्तरिक छलफलमा जुटेको र
लगतै तपाईहरुको माग स्वीकार गर्न सकिँदैनभनेर सुनाएको बैद्यले बताउनुभयो
। बैद्यले गोलमेच सम्मेलन गर्ने सहमतिसँगै जनतामा आशा पलाएको तर, प्रमुख
दलहरुले आज चिसो पानी खन्याएको आरोप लगाउनुभयो ।
राजनीतिक समितिमा रहेका दलहरु वार्ता र सहमतिबाट भागेको भन्दै माओवादी
अध्यक्ष बैद्यले आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गर्नुभयो । अझै पनि
सोच्नुुहोस्, तपाईहरु गलतढंगले अघि बढ्दै हुनुहन्छ, जनतालाई चिसोपानी
खन्याउँदै हुनुुहुन्छ' बैद्यले भन्नुभयो- 'गम्भीरतापूवर्क आफ्नो निर्णय
पुनर्विचार गर्नुस् ।' राजनीतिक समितिले आफ्नो निर्णय पुनर्विचार गरे
वार्ता गर्न ३३ दल तयार रहेको वैद्यले प्रष्ट पार्नुभयो ।
सरकार र मंसिर ४ को चुनावको मिति अपरिर्वतनीय भनेर प्रमुख दलहरुले वार्ता
भाड्ने षड्यन्त्र गरेको उहाँको आरोप छ । चुनावको मिति र सरकारलाई गोलमेच
सम्मेलनको एजेण्डा बनाएर आफूहरु लचिलो बनेको भन्दैमाओवादी अध्यक्ष
बैद्यले भन्नुभयो-'अब लचिलो बन्ने उहाँहरुको कोर्टमा छ ।'
राजनीतिक समितिले आफ्नो निर्णय पुनर्विचार नगरे निर्वाचन बहिस्कार
आन्दोलन अघि बढाउने माओवादी नेतृत्वको ३३ दलको चेतावनी छ । आन्दोलनका
कार्यक्रमबारे ३३ दलले आन्तरिक छलफल गर्ने र फेरि ३३ दल बसेर अन्तिम रुप
दिने बैद्यले बताउनुभयो ।
No comments:
Post a Comment