Tuesday, August 20, 2013

दुई सय नेपाली कर्मचारीको विदेशी ‘पीआर’

५ भदौ, काठमाण्डौं । दुई सयभन्दा बढी उच्च सरकारी अधिकारीले विदेशमा घरजम
गरेर बस्न पाउने पर्मानेन्ट रेसिडेन्स लिएको खुलासाभएको छ । देश र जनताको
सेवा गर्ने शपथ खाएका उच्च अधिकारी विदेशी नागरिक बन्ने प्रक्रियामा
सामेल भएको तथ्य खुलेपछि सरकारले यसबारे छानविन छालेको छ ।
पत्नी वा पतिलाई विदेशको पर्मानेन्ट रेसिडेन्स (पीआर) लिन लगाएर आफू पनि
सम्बन्धित मुलुकको नागरिक बनेको वा बन्ने प्रक्रियामा लागेको तथ्यका
आधारमा सरकारले छानविन सुरु गरेको हो । उनीहरुमाथि कस्तो कारबाही गर्ने
भन्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कानुनविज्ञसँग
परामर्श लिएर गृहकार्य गरिरहेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
मुख्य सचिव लीलामणि पौडेलले विदेशको पीआर तथा नागरिकता लिएका वा लिने
प्रक्रियामा संलग्न कर्मचारीबारे छानविन भइरहेको बताए। उनले भने, 'सरकारी
सेवामा कार्यरत रहँदै विदेशी नागरिक बन्नु वा बन्ने प्रयास गर्नु
मुलुकप्रतिको ठूलो गद्दारी हो । यस्ता कर्मचारीमाथि कडा कारबाही हुन्छ ।'
पौडेलले विषय निक्कै गम्भीर भएकाले यसको कानुनी तथा व्यवहारिक पक्षबारे
गहन गृहकार्य भइरहेको बताएका छन् ।

No comments:

Post a Comment