काठमाडौं, श्रावण २३ - बर्डफलुनियन्त्रण नआउँदै सरकारले व्यवसायीको
दबाबमा कुखुरा ओसार पसारमा लगाएको रोक बिहीबारदेखि खुल्ला गर्ने भएको छ ।
कुखुरा व्यवसायी र सरकारी निकायबीच बुधबार भएको बैठकलेयस्तो निर्णय गरेको
हो । यो निर्णयसँगै अब बजारमा रोगी कुखुरा बिक्री गर्न फुकुवा गरेको छ ।
रोगी कुखुरा मरेमा गाड्ने र जिउँदो कुखुरा बिक्री गर्ने गरेपछि पशु सेवा
विभागले गत बिहीबारदेखिओसार पसारमा रोक लगाएको थियो ।
बिक्रिमा रोक लगाएर बजारमा कुखुरा नपठाउँदा खोरमै मर्न थालेपछि रोगी
कुखुरा परीक्षणको लागि पठाउन थालेकाथिए । परीक्षण गर्दा त्यस्ता फर्मको
कुखुरामा बर्डफलु भएको पुष्टि भएपछि नष्ट गरिरहेकेा छ ।
पशु स्वास्थय निर्देशनालयका प्रवक्ता डा. नारायण घिमिरेका अनुसार ओसार
पसारमारोक लगाएको निर्णय बिहीबार बेलुकादेखि फुकुवा हुँदैछ । 'एक साता
अघि लगाएको प्रतिबन्ध भोलि (बिहीबार) देखि फुकुवा हुँदैछ,' उनले भने।
उपत्यका बाहिरबाट आउने र बाहिर जाने चार वटा नाकाबाट कुखुराको
क्वारेन्टाइन चेक जाच गर्न पशु चिकित्सकको टोली सहितको चेकजाच गर्ने उनले
बताए । नागढुङगा,फर्किङ, सागा र नार्गाजुन नाका तोकेको छ । चेकजाँचको
क्रममा ओसार पसार भएको कुखुरामा बर्डफलु नभएको प्रमाणपत्र हेर्ने उनले
बताए ।
त्यस्तै भक्तपुर, कीर्तिपुर, थानकोट लगाएको क्षेत्रको कुखुराको प्रत्येक
फर्ममा प्राविधिक टोलीले परीक्षण गर्न जाने भएको छ । टोलीले कुखुरा
फर्मको कुखुरा रोग लागे नलागेको पुष्टि गर्ने उनले बताए ।
No comments:
Post a Comment