२३ साउन, पोखरा । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
मङ्सिर ४ गते हुने संविधानसभाको निर्वाचनलाई अवरुद्ध पार्ने
षड्यन्त्रकारीलाई वाइसिएलले लखेट्ने बताउनुभएको छ ।
योङ कम्युनिस्ट लिग नेपाल कास्कीले बुधवार आयोजना गरेको अगुवा कार्यकर्ता
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उग्रवामपन्थी र
उग्रदक्षिणपन्थीबीचको विचित्रको मिलनबिन्दु हुन पुगेको बताउनुभयो ।
प्रचण्डले इतिहासको यो सङ्घीन घडीमा सानातिना मतभेद बिर्सेर एकढिक्का भएर
अगाडि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले पोखराको छिनेडाँडामा बन्न लागेका क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय
विमानस्थल निर्माणमा चीनको एक्सपट-इम्पट-एक्जीम) बैंकले ऋणस्वीकृति
दिइसकेको र अब छिट्टै दुवै देशबीच ऋण सम्झौता हुने जानकारी दिनुभयो ।
एकीकृत माओवादीको नेता जनार्दन शर्माले मङ्सिर ४ गते संविधानसभाको
निर्वाचन हुन नसके जनताको अधिकार स्थापित हुन नसक्ने भएकाले निर्वाचन सफल
बनाउन सबै पार्टी कार्यकर्तालाई अगाडि बढ्न आग्रह गर्नुभयो । प्रशिक्षणमा
करिब एक हजार नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।
राससकै अनुसार बुधवार नै पोखरामा नागरिक अगुवा तथा बुद्धिजीवीसँग भएको
अन्तक्रिर्या कार्यक्रममा प्रचण्डले नेकपा-माओवादीले चुनावमा भाग नलिए
पनि तोकिएकै मितिमा संविधानसभाको निर्वाचन भएरै छोड्ने विश्वास व्यक्त
गर्नुभएको थियो । प्रचण्डले संविधानसभा निर्वाचनको मिति सार्न नसकिने
स्पष्ट गर्दै चुनाव हुँदैनकी भनेर भ्रममा नपर्न पनि सबैसँग आग्रह
गर्नुभयो । वर्तमान चुनावी सरकार परिवर्तन, ११ बुँदे र २५ बुँदे सम्झौता
खारेज हुननसक्ने जानकारी दिँदै उहाँले तर असहमतिका केही बुँदाहरु भए
त्यसमा परिमार्जन गर्न सकिने धारणा राख्नुभयो । रासस
No comments:
Post a Comment