११ चैत, शाहआलम । मलेसियामा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन ।
झापा घर भई शाहआलममा रहेको एक कन्ट्रक्सन कम्पनीमा कार्यरत ४७ बर्षका मदन
कुमार श्रेष्ठले झुण्डिएर आत्महत्या गरेका हुन ।
गएको २० तारिख रातीको समयमा कोठावाट निस्किएका श्रेष्ठको शव २१ तारिखमा
आफुले काम गर्ने कन्ट्रक्सनको सातौ तलामा सिलिङ पंखामा झुण्डिएको
अवस्थामा फेला परेको थियो ।
आत्महत्याको कारण खुल्न सकेको छैन भने उनको शवलाई पोसमार्टमको लागि केलाङ
अस्पतालमा राखिएको छ । तीन वर्ष अगाडि रोजगारीको लागि श्रेष्ठ डेल्टा
मेनपावरवाट मलेसिया आएका थिए । श्रेष्ठको परिवारमा एक छोरा दुई छोरी छन्
।
No comments:
Post a Comment