११ चैत, काठमाण्डौ । भर्खरै सकिएको एसएलसी परीक्षाको बाँकी कार्य पूरा
गर्न परीक्षा नियन्त्रण कार्यालयलाई रकमको अभाव भएको छ ।
अघिल्लो वर्षको कुल खर्चमा नबढाई प्राप्त भएको २८ करोड रुपैयाँ रकमले
परीक्षा सञ्चालनसम्म मात्र धानेकाले बाँकी कार्यका लागि थप नौ करोड
रुपैयाँ आवश्यक भएको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिनुभयो ।
अपुग रकम शिक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयबाट निकासाका लागि
टिप्पणी उठाउने कार्य भइरहेको उल्लेख गर्दै उहाँले सो रकम नआए
उत्तरपुस्तिका सम्परीक्षण कार्य प्रभावित हुने र परिणाम निकाल्न कठीन
हुने बताउनुभयो ।
नियन्त्रक बरालले अघिल्लो वर्षको भन्दा ५० हजार परीक्षार्थी बढेकाले
परीक्षा केन्द्रको सङ्ख्या पनि ३२ को सङ्ख्यामा बढेको, केन्द्राध्याक्षको
भत्ता, सुरक्षा प्रबन्ध, उत्तरपुस्तिका छपाइ र ढुवानी गर्दा चालु बजेट
सकिएको जानकारी दिनुभयो ।
यही चैत १ गतेदेखि ९ गतेसम्म सञ्चालित यस वर्षको परीक्षामा कुल ५ लाख ४७
हजार विद्यार्थीले परीक्षा दिएका थिए । रासस
No comments:
Post a Comment